सागसब्जी र फलफुलबाट कोरोना सर्छ ? के छ यसबाट बच्ने उपाय ?
कोरोना भाइरसका कारण मान्छेहरु यति धेरै भयभित छन् कि बजारबाट किनेर ल्याएको सागपात र फलफुलहरु घरमा ल्याएर धेरै धुन्छन र प्रयोग गर्नुअघि धेरै समयसम्म घाममा सुकाउँछन् । सागपात र फलफुलमा कोरोना भाइरस रहन्छ या रहदैंन ? र, यसबाट छुट्कारा कसरी प्राप्त गर्ने ? विशेषज्ञहको भनाइ यस्तो छ,
१ विहान सागसब्जी किनेर छ घण्टा छाडिदिने । त्यति गरेपछि कोरोना रहदैंन ।
२ साँझ चाहिं सागसब्जी नकिन्ने । दिनभर किनेर बचेको, धेरै व्यक्तिले छोएको, अरुले छानेर लगेर बचेको हुन्छ ।
३ पकाएपछि कोरोना सक्रिय हुँदैन । पकाएपछि कोरोनाबाट बचिन्छ ।
४ काँचो सागसब्जी विल्कुलै नखाने । ल्याउने वित्तिकै फ्रिजमा पनि नराख्ने । पानीमा भिजाएर राख्ने । खुल्ला वाहिर राखिदिने ।
५ कोरोनाभाइरसको संक्रमणको सबैभन्दा सम्भावना चाहिं पसलमा सामान छुदा, पैसा लेनदेन हुँदा हुन्छ । पसलेहरु दिनभरमा अनेकखाले सयौं मान्छेसँग सम्पर्कमा रहेका हुन्छन । सागसब्जीको थोक किन्ने ठाउँमा धेरै नै भिड हुन्छ । सागसब्जी किन्ने ठाउँ संक्रमणको निकै जोखिमयुक्त ठाउँ हो ।
६ बजारमा पुगेर आएपछि राम्रोसँग हात धुने । सम्भव हुँदा नुहाउने । बजार जाँदा लगाएको कपडा फेर्ने ।
वाहिर जाँदा लगाएको जुत्ता पनि घरभित्र जताजतै नलाउने । सडकमा विरामीले थुकेको, हाँच्छ्युँ गर्दाको थुक, सिंगान भुइँमा टेकेर ल्याएको हुनसक्छ ।
७ खाद्य पदार्थमा सेनेटाइजरहरु प्रयोग नगर्ने ।
८ वाहिरबाट ल्याएका सामानहरु बच्चाहरुलाई पाँच, छ घण्टासम्म छुन नदिने । बच्चाहरुलाई राम्रोसँग हात धोएपछि वा नुहाएपछि मात्र छुने ।
९ सकेसम्म अनलाइन भुक्तानी गर्ने ।
१० वाहिर जाँदा अनिवार्य मास्क लगाउने ।
११ सामाजिक दूरी अनिवार्य कायम गर्ने ।
एजेन्सी
प्रतिक्रिया