विश्वको सबै भन्दा ठूलो विद्युतीय विमानको पहिलो उडान
काठमाडौ । विश्वको सबै भन्दा ठूलो विद्युतीय विमानले अमेरिकाको वासिंटन स्टेटमा पहिलो उडान ३० मिनटसम्म गरेको छ ।
विमान विमान कम्पनी म्याग्नीएक्सले यस्तो जानकारी दिएको हो । ९ सिटभएको यो विमान मोसेस लेकको आकाशमा बिहीबार उडान भएको जनाएको हो ।
पहिलो उडानको क्रममा यो विमान २५सय फिट माथि पुगेर १ हजार फिट तल आएर २५ मिनट आकाशमा उडेको थियो ।
१०० माइलको रेन्जमा उडान भर्न सक्ने यो विमानको व्यापारिक प्रयोजनको बिक्री आगामी बर्ष देखि शुरू हुने विकान कम्पनी म्याग्नीएक्सले विश्वास व्यक्त गरेको हो ।
मोसेस लेक क्षेत्र विमान परीक्षणका लागि प्रयोग गर्ने गरिएकोले यो विमान पनि यही क्षेत्रमा परीक्षण गरिएका हो ।
विद्युतीय विमान प्रतिघन्टा ४० प्रतिशत देखि ७० प्रतिशतसम्म कम खर्चिलो हुने विश्वास व्यक्त गरिएको छ ।
साथै यसले कार्बन डाइक्साइड उत्सर्जन नगरी वातावरणलाई हानी पनि नपु¥याउने कम्पनीका अधिकारीहरूको भनाइ छ ।
यो सानो बिमानले ढोक ढोकमा छिट्टै पुग्न सहयोगी हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया