अमेरिकी सहरमा लुटपाट हिंसा जारी

अमेरिकी सहरमा लुटपाट हिंसा जारी

काठमाडौ ।मिनिसोटाका दुई शहरमा लुटपाट आगजनीका गतिविधि निरन्तर भइरहेका छन् ।

अमेरिकी प्रहरीले एक निशस्त्र अफ्रिकी अमेरिकी मानिसलाई कानुन व्यवस्था कायम गराउने क्रममा गोली हानी मारे पछि भड्किएको अराजकता अहिलेसम्म निरन्तर भइरहेको छ ।

सेन्टपलको युनिभर्सिटी भेन्यु क्षेत्रका कयौं व्यवसायिक प्रतिष्ठानहरूमा लुटपाट आगजनी गरिएको भिडियो सोसल मिडियामा साझा गरिएका छन् ।

प्रहरीको भारी बन्दोबस्तका बाबजुत लुटपाट आगजनीजस्ता हिंसात्मक गतिविधि भइरहेको भिडियोमा देखिन्छ । प्रहरी भ्यानमा ढुंगामूढा गरिएको पनि देखिन्छ ।

जर्ज फ्लोड नाम गरेका निशस्त्र व्यक्तिको प्रहरी कारबाहीमा भएको मृत्युको विरोधमा बुधबार रातिदेखि हिंसा भडकिएको हो ।

मिनेसोटाका गभर्नर टिम बाल्सले नेशनल गार्डलाई स्थिति नियन्त्रणमा लिन आदेश दिएपनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छन् ।