ग्यास लिक हुँदा बनेपामा ५ जना घाइते

ग्यास लिक हुँदा बनेपामा ५ जना घाइते

काभ्रेपलाञ्‍चोक, १६ जेठ । ग्यास लिक भई आगलागी हुँदा बनेपामा ५ जना  घाइते भएका छन् ।

बनेपा ७ तरकारी बजारमा रत्नकुमार शाह ठकुरीको तीन तले घरको तेस्रो तलमा रहेको भान्छामा ग्यास लिक भई आगलागी हुँदा १८ महिने शिशु रत्ना ठकुरीसहित २६ वर्षीय रुकेश, २४ वर्षीया सोफी, १६ वर्षका आयुष र अनिश ठकुरी घाइते भएको इलाका प्रहरी कार्यलय बनेपाले जनाएको छ ।

तत्काल बनेपास्थित शिर मेमोरियल अस्पताल पुर्‍याइएका उनीहरुलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । भान्सा पूर्ण रुपमा क्षति भएको र आगो अन्यत्र फैलन नपाएको पनि प्रहरीले जनाएको छ ।