झण्डै अढाई दशकदेखि राष्टघातको अगुवाइ देउवाबाट नै

झण्डै अढाई दशकदेखि राष्टघातको अगुवाइ देउवाबाट नै

नारायण उपाध्याय

नेपाली कांग्रेस भारत निकट शक्ति हो । खासखास नेता र खासखास शासकका बीचमा अन्तरविरोध रहे पनि मुलतः यो पार्टीको भारतको संस्थापन पक्षसँग विशेष सम्बन्ध नै हो । २०५३ सालमा शेरबहादुर देउवाको नेतृत्वमा तत्कालीन एमालेको सहयोगमा राष्टघाती महाकाली सन्धि पारित भएको हो । यहाँसम्म आउँदा राष्टघाती प्रमाणित महाकाली सन्धिको अगुवाइ शेरबहादुर देउवाबाट नै भएको हो । 

तत्कालीन अमेरिकी राजदूत जुलिया चांगको पहलमा तत्कालीन गृहमन्त्री शेरबहादुरको देउवाको विवाह आरजु राणासँग गरेपछि देउवाको निकटता अमेरिकी शासकसँग पनि बढ्यो । 

अफगानीस्तानमाथि अमेरिकाले आक्रमण  गर्दा सन् १९९९, २००० ताका अमेरिकी  हवाइजहाजलाई नेपालमा तेल भर्न अनुमति दिने प्रतिबद्धता पनि देउवाले गरेका थिए । 

तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई पठाएर अमेरिकामा एमसीसी गराउन लगाउने काम पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन । आर्थिक सहयोगका नाममा हिन्द प्रशान्तमा अमेरिकी सैन्य गठबन्धनलाई बलियो बनाउने कार्यको यो देशमा अगुवाइ देउवाले नै गराएका हुन । यो नेपालको असंलग्न परराष्ट नीतिको विरुद्ध छ । एमसीसी पारित गराउनमा देउवाले मरिहत्ते गरिरहेका छन् । भित्र र वाहिर उनको सक्रियता निकै छ । 

संसदबाट भारतबाट मिचिएको लिपुलेक, लिम्पियाधुरा र कालापानी राखिएको नेपालको संशोधित नक्सा पारित गराउन तत्काल देउवाले नै अड्काए । पार्टीभित्र चर्काे दवावपछि उनले केन्द्रीय समितिको वैठक शनिवार राखेका छन् । अझै यसबाट भाग्न, बहाना झिक्न उनले खेल्न सक्छन ।  

महाकाली सन्धि गराउँदादेखि प्रधानमन्त्री केपी ओली र शेरबहादुर देउवाका बीचमा निकै घनिस्ठ सम्बन्ध नै छ । राप्रपाको कोटामा जापानको राजदूत बनाइएकी देउवाकी सासु प्रतिभा राणालाई फिर्ता नबोलाउनुमा देउवाकै विशेष सम्बन्धले काम गरेको चर्चा सर्वत्र छ । साविकको माओवादीको कोटामा गएका र चीनमा प्रभावकारी काम नै गरेका लीलामणि पौड्याललाई समेत समय बाँकी रहदैं फिर्ता बोलाएका प्रधानमन्त्री ओलीले प्रतिभा राणालाई भने कायम राखिरहेका छन् । १६ जेठ २०७७