कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु
अर्घाखाँची । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
अर्घाखाँचीका युवक भारतबाट फर्किँदै गर्दा मृत्यु भएको थियो । उनमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।
यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।
घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।
प्रतिक्रिया