आउने दुई महिनामा करिब २ अर्ब मानिसले रोजगार गुमाउने

आउने दुई महिनामा करिब २ अर्ब मानिसले रोजगार गुमाउने

काठमाडौ ।कोरोनाभाइरस महामारीले गर्दा आउने दुई महिनामा विश्वभर करिब  २ अर्ब मानिसले रोजगार गुमाउने भएका छन् ।

यो विश्वको कुल श्रमशक्तिको आधा भन्दा बढी रहेको छ । पूर्णकालीन र अंशकालीन दुबै रोजगार गुमाउनेको संख्या यो हुने भएको बोस्टन कन्सल्टिङ ग्रुपले गरेको अध्ययनमा उल्लेख गरिएको छ ।

कोभिड–१९ महामारीले ल्याएको संकटका कारण वैश्विक श्रम शक्तिमा आधारभूत परिवर्तन हुने विषयको धेरै अनुमान गर्न  गाह्रो भएको उल्लेख गरिएको छ । सो अध्ययनले अन्तर्राष्ट्रिय श्रम संगठनले यो वर्ष वैश्विक श्रम आम्दानी ३४ खर्ब अमेरिकी डलर बराबरको घाटा  हुने भनी गरेको पूर्वानुमानलाई समेत उल्लेख गरेको छ ।

आगामी दुई देखि तीन महिना भित्र विश्वमा हरेक ६ जनामा १ जनाले रोजगारी गुमाउने छ । यसले बेरोजगारी दर १७ प्रतिशतले बढाउने यो अध्ययनका लेखकहरूले जनाएका छन् ।

बोस्टन कन्सल्टिङ ग्र्रुपले  गरेको अधययनमा भनिएको छ “सन् २०२०को अन्त्यतिरबाट विश्वको बेरोजगार दर फेरि सन्तुलनतर्फ फर्किन शुरू गर्ने हाम्रो अपेक्ष छ ।

यद्यपि महामारीले दीर्घकालीन संरचनात्मक परिवर्तनको प्रक्रिया शुरू गर्न लगाइसकेको छ । लचिलो र सुदुर काम योजनाले स्वचालन प्रक्रियालाई गतिशील बनाउँछ । यो प्रक्रियाले आगामी दशकमा १.५अर्ब रोजगारमा असर पार्नेछ ।”

ग्रुपको अनुमान अनुसार सन् २०३०सम्म स्वचालनले विद्यमान रोजगारको १२ प्रतिशतलाई जोखिममा पार्नेछ ।  करिब ३० प्रतिशत रोजगारका लागि पूर्णरूपमानयाँ सीपको आवश्यकता हुनेछ ।

यो अध्ययन अनुसार १० प्रतिशत भन्दा बढी विश्व श्रमशक्ति स्थायीरूपमा टाढा रहेका काम गर्ने अवस्थामा हुने देखिन्छ । कार्यालयमा बसेर काम गर्ने ३० प्रतिशत सम्म हुन सक्ने छ ।

यो अवस्थामा ग्रपले सरकारलाई श्रम बजारमा समाप्त हुने आपूर्तिलाई रोक्न सहयोगी मापदण्ड अपनाउनु पर्ने र सरकारले तलब अनुदान र समाजिक सुरषामा विस्तार गर्नुपर्ने ,कर छुट र अस्थायी रोजगारको पुनर्वितरण जस्ता काम गर्नुपर्ने हुन्छ ।