अमेरिकामा प्रत्यक्ष प्रसारण गरिरहेका सीएनएनका सञ्चारकर्मी गिरफ्तार
काठमाडौ । अमेरिकाको मिनिसोटा स्टेटका गश्ती अधिकारीहरूले सीएनएनकापत्रकार ओमार जिमिन्जलाई दुई अन्य सहयोगीसमेत मिनियापलिसमा भइरहेको प्रदर्शनको लाइभ ब्रोडकास्ट गरिरहेका बेला गिरफ्तार गरेका छन् ।
अमेरिकामा अफ्रिकी अमेरिकी मूलका जर्ज फ्लोडको प्रहरीको कारबाहीमा मारिएको विरोधमा भड्केको विरोध प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका तीन सञ्चारकर्मीलाई गिफ्तार गरिएको हो ।
पछि गिरफ्तार गरिएका तीनलाई रिहा गरिएको थियो । प्रहरी अधिकारीहरूले उनीहरू गिरफ्तार गरिरहेका बेला भएको प्रत्यक्ष संवाद टेलिभिजन फुटेजमा समेत देखिएको थियो । त्यसपछि टेलिभिजन एंकरले सीएनएनका पत्रका जिमिन्ज आफ्ना सहयोगीसहित गिरफ्तार भएको जनाएका छन् ।
प्रहरी अधिकारी मध्येका एकले जिमिन्जलाई हतकडी लगाइएको फुटेज सीएनएनले पटक पटक दोह¥याएको थियो ।
प्रहरी अधिकारीहरूले त्यसको सफाइमा पत्रकारलाई त्यहाँबाट जान भनेको तर अटेर गरिएकोले समातिएको जनाएकाछन् ।
मिनेसोटाका गभर्नर टिम वाल्सले सीएनएनका पत्रकारहरू गिरफ्तार भएको घटनाप्रति माफी मागेका छन् ।
प्रतिक्रिया