अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस प्रदर्शनकारीहरूको घेराबन्दीमा

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस प्रदर्शनकारीहरूको घेराबन्दीमा

काठमाडौ । अमेरिकी प्रहरीको क्रुरताको विरोधमा प्रदर्शनकारीहरू वासिंटनमा जम्मा हुन थालेपछि राष्ट्रपति भवन हवाइट हाउस उनीहरूको घेराबन्दीमा परेको छ ।

अमेरिकी गुप्तचर सेवाले ह्वाइट हाउस भवन ‘लकडाउन’मा पर्न थालेको जानएपछि त्यसवरि तैनाथ प्रहरी र प्रदर्शनकारीका उपस्थितिले यस्तो अवस्था बनेको छ । 

वासिंटनको उत्तर पश्चिममा शुक्रबार बेलुका देखि प्रदर्शनकारीहरूले ह्वाइटहाउस तर्फ जाने आवागमनमा रोक लगाए । त्यस क्षेत्रमा प्रहरीको सडक अवरोधक ब्यारिकेड र ठूलो संख्यामा प्रदर्शनकारीको उपस्थिति अनलाइन भिडियो साझा गरिएको छ ।

प्रदर्शनकारीहरू ह्वाइटहाउसको चारैतिर जम्मा हुन थालेको देखेर प्रहरीले पनि चारै तिर सडक अवरोधकहरू खडा गरेको छ । 

ह्वाइट हाउसको वेस्ट विङमा दर्जनौ प्रेसका मानिसहरू फसेका छन् । केही समय भित्र ह्वाइहाउस तर्फ प्रदर्शनकारीहरू जम्मा भए ।

यसअघि अमेरिकाको मिनिसोटाका दुई शहरमा जारी  लुटपाट आगजनीका गतिविधिको क्रममा प्रदर्शनकारीहरूले  त्यहाँको प्रहरी प्रधान कार्यालय कब्जामा लिएर तोडफोड गरेका थिए ।

अमेरिकी प्रहरीले एक निशस्त्र अफ्रिकी अमेरिकी मानिसलाई कानुन व्यवस्था कायम गराउने क्रममा गोली हानी मारे पछि भड्किएको अराजकता  त्यहाँ भडकिएको थियो ।

त्यसक्रममा सेन्टपलको युनिभर्सिटी भेन्यु क्षेत्रका कयौं व्यवसायिक प्रतिष्ठानहरूमा लुटपाट आगजनी गरिएको भिडियो सोसल मिडियामा साझा गरिएका थिए ।

जर्ज फ्लोड नाम गरेका निशस्त्र व्यक्तिको प्रहरी कारबाहीमा भएको मृत्युको विरोधमा बुधबार रातिदेखि हिंसा भडकियो ।

अब प्रहरीको क्रुरताको विरोधमा वासिंटनमा प्रदर्शनकारी जम्मा भएका हुन् ।