डब्लुएचओसँग अमेरिकाले सम्बन्ध समाप्त पारेको ट्रम्पको घोषणा

डब्लुएचओसँग अमेरिकाले सम्बन्ध समाप्त पारेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौ । चीनको पूर्ण नियन्त्रणमा विश्व स्वास्थ्य संगठन डब्लुएचओ रहेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डब्लुएचओसँगको सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

साथै, ट्रम्पले डब्लुएचओलाई दिइने अनुदान सहयोगलाई अन्य स्वास्थ्य प्रयासहरूमा पुननिर्देशन गरिने जनाएका छन् ।

ह्वाइट हाउसको रोज गार्डनमा शुक्रबार सम्पन्न प्रेस सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने, हामीले डब्लुएचओसँगको सम्बन्ध आजदेखि  समाप्त पार्न गइरहेका छौं ।

ट्रम्पले विश्वलाई नयाँ कोरोनाभाइरसको विषयमा भ्रमित पार्न चीनले दिएको दबाबमा डब्लुएचओ परेको बताए । अमेरिका र विश्वको प्रयासमा अवरोध सिर्जना गरी विशवभर लाखौ मानिस मार्न लगाएको जसमा अमेरिकामा मात्रै १ लाख भन्दा बढीको ज्यान गएको उनले जनाए । डब्लुएचओले यात्रामा प्रतिबन्ध लगाउने सल्लाह यो वर्षको शुरूमा दिएको भए चीनबाट हुने विश्वभरिका उडान रोकिने उनले जनाए ।

विश्वको दुख चिनियाँ सरकारको कुत्सित मनायको परिणाम भएको जनाउँदै ट्रम्पले यस्तो बताए ।

ट्रम्पले यो घोषणा गर्न अघि तीस दिनमा व्यवहार सुधार गर्न डब्लुएचओका महानिर्देशक टेड्रोज अधानोम गेब्रेयससले दुई साता अघि पत्र लेखेका थिए । त्यो पत्रमा उल्लेख गरिएको मिति पूरा नहुँदै ट्रम्पले यो नयाँ घोषणा किन गरेको भनी सोधिएको प्रश्नको जवाफमा उनले डब्लुएचओका अधिकारीहरूले यसो गर्न अस्वीकार गरेको बताए ।

ट्रम्पले डब्लुएचओमा यस्तो आरोप लगाउँदै अमेरिकाले डब्लुएचओलाई दिने गरेको अनुदान कोष नदिने घोषणा गरेका थिए । अमेरिकाले दिने अनुदान विश्वका देशहरूमा सबै भन्दा बढी रहेको छ । सन् २०१८–२०१९मा अमेरिकाले ८९ करोड ३० लाख अमेरिकी डलर दिएको थियो भने चीनले ८ करोड ६० लाख अमेरिकी डलरको सहयोग दिएको थियो ।

ट्रम्पको आरोपलाई दुखद भएको भन्दै डब्लुएचओले यसबारे स्वतन्त्र समिक्षा गराउन भनी प्रतिक्रिया सार्वजनिक गरेको थियो ।