अमेरिकी शहर मिनियापलिसमा कर्फ्यु  अवज्ञा

अमेरिकी शहर मिनियापलिसमा कर्फ्यु  अवज्ञा

काठमाडौ । अमेरिकी शहर मिनियापलिसमा जारी विरोध प्रदर्शनलाई नियन्त्रण लिन लगाइएको कर्फ्यु आदेशको अवज्ञा गरिएको छ ।

प्रदर्शनकारीहरूको समूह अझ शहरमा प्रदर्शन गरिरहेकाछन् ।प्रहरी र नेशनल गार्डले प्रदर्शनकारीहरूलाई जमघट तोड्न भनिरहेका छन् ।

प्रहरीले अश्रुग्यासको प्रहार गरेपनि प्रदर्शनकारीहरूले प्रदर्शन जारी राखेका छन् ।

यसअघि प्रदर्शनकारीहरूले त्यहाँको मुख्य प्रहरी कार्यालय कब्जामा लिएर त्यहाँ तोडफोड गरेका थिए ।  

अफ्रिकी अमेरिकी मूलका जर्ज फ्लोडको प्रहरी कारबाहीमा मारिएपछि त्यहाँ प्रदर्शन हुन थालेको हो ।

नश्लवादी सोचका साथ प्रहरीले क्रुरता पूर्वका जर्जलाई मारेको आरोप प्रदर्शनकारीहरूको रहेको छ ।

शुक्रबार साझ मिनियापलिसमा कर्फ्यु लगाइएपनि त्यसको अवज्ञा गरीप्रदर्शन जारी रहेको छ ।