सीएनएनको अटलान्टा हेडक्वार्टर घेराहाली प्रदर्शनकारीले प्रहरी कार जलाए

सीएनएनको अटलान्टा हेडक्वार्टर घेराहाली प्रदर्शनकारीले प्रहरी कार जलाए

काठमाडौ । अमेरिका भर  अश्वेत नागरिक जर्ज फ्लोडको हत्याको विरोधमा जनप्रदर्शन हुन थालेको देखिएको छ ।

अटलान्टामा  उर्लिएको क्रुद्ध प्रदर्शकारीको एक भीडले अटलान्टास्थित सीएनएनको हेडक्वार्टरलाई घेरा हालेका छन् ।

अर्को भीडका प्रदर्शकारीहरू  प्रहरीको कार जलाइ दिएकाछन् । 

मिनिसोटामा जर्जको हत्याको विरोध विगत तीन देखि जारी रहेको थियो ।

त्यहाँ कर्फ्यु अवज्ञा गरी जारी रहेका बेला राजधानी वासिंटन लगायत अमेरिकाका विभिन्न ठाउँमा प्रदर्शनहरू भइरहेका समाचार सार्वजनिक हुन थालेका छन् ।