भक्तपुरमा एटीएम मेसिन फुटाउँदै गर्दा च्याप्पै 

भक्तपुरमा एटीएम मेसिन फुटाउँदै गर्दा च्याप्पै 

भक्तपुर, १७ जेठ । भक्तपुरको ठिमी वाहखा बजारमा एनआइसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ परेका छन् ।

मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का संजिव चित्रकारको घरमा रहेको एटीएम मेसिन फुटाउँदै गर्दा सिन्धुपाल्चोकको कदमवास घर बताउने सचिन तामाङलाई पक्राउ गरिएको  भक्तपुर प्रहरीले जनाएको छ । 

उनले एटीएम मेसिनको बाहिरी कभर मात्रै फुटाएको र रकम लुट्न नपाउँदै पक्राउ गरिएको प्रहरी नायव उपरिक्ष दीपक गिरीले जानकारी दिए ।