एसीसीबारे निर्णय गर्न नेकपा सचिवालय बैठक बालुवाटरमा बस्यो 

एसीसीबारे निर्णय गर्न नेकपा सचिवालय बैठक बालुवाटरमा बस्यो 

काठमाडौं, १७ जेठ। सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बजेटमा एमसीसी घुसाइएको भन्दै केही सचिवालय सदस्यहरुले विरोध गरेपछि नेकपाले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।

सचिवालय बैठकअघि शुक्रबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका थिए । त्यसपछि सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।