नेकपा सचिवालय निश्कर्षः एमसीसी सम्झौता संसदबाट पारित नभए अनुसूचीबाट हटाइने

नेकपा सचिवालय निश्कर्षः एमसीसी सम्झौता संसदबाट पारित नभए अनुसूचीबाट हटाइने

काठमाडौं, १७ जेठ । सत्तारुढ नेकपा सचिवालय बैठकले एमसीसी सम्झौता संसदबाट पारित नभए अनुसूचीबाट हटाइने निश्कर्ष निकालेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सम्माननीय प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनु भएअनुसार नै एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको खण्डमा त्यसअनुसार हुनेछ । यदि संसदले अनुमोदन गरेन भने सरकारले आवश्यक वैकल्पिक व्यवस्थाका बारेमा सोचेर अगाडि बढ्ने कुरा नै अर्थमन्त्रीले पनि यस विषयमा स्पष्ट पार्नुभएको छ ।’

बजेटमा प्रस्तुत अनुसूचीमा राखिएको एमसीसी योजनाका बारेमा आवश्यक स्पष्टताको निम्ति आकस्मिक बैठक बसेको श्रेष्ठले बताए । उनले भने, ‘एमसीसीसम्बन्धी प्रस्ताव अहिले संसदमा विचाराधीन छ, त्यसैले बजेटको व्यवस्था त्यसअन्तर्गत नै हुने कुरा स्पष्ट पारियो ।’