स्वास्थ्यकर्मीहरुको तलब कटौतीप्रति नर्सिङ संघको आपत्ति
काठमाडौं, १७ जेठ । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीको तलब तथा सेवा सुविधा कटौती भएकोप्रति नेपाल नर्सिङ संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघकी अध्यक्ष प्रा.मनकुमारी राईले हस्ताक्षर गरी जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ, ‘सरकारले गत वैशाख १५ गते नै राजपत्रमा स्वास्थ्यकर्मीहरुको सेवा सुविधा कटौती नहुने भनि प्रकाशित गरीसकेको अवस्थामा पनि नीजि तथा सार्वजनिक स्वास्थ्य संस्थाहरुको उक्त कार्यको घोर भत्सर्ना गर्दछ ।’
‘महामारीको समयमा ज्यान जोखिममा राखि आ-आफ्नो क्षेत्रमा खटिने नर्स लगायत स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राखी हौसला प्रदान गर्न नीजि तथा सार्वजनिक स्वास्थ्य संस्थाहरुमा पनि कम्तिमा नेपाल सरकारले तोके बमोजिमको सेवा सुविधा उपलब्ध गराउन नेपाल नर्सिङ संघ जोडदार माग गर्दछ’ बिज्ञप्तिमा उल्लेख छ ।
यसअघि ललितपुरको ग्वार्कोमा अवस्थित 'वी एण्ड वी' अस्पतालले स्वास्थ्य कर्मीहरुको सेवा सुविधा कटौती गरेको सम्बन्धी समाचार झिल्कोले प्रकाशन गरेको थियो ।
प्रतिक्रिया