२०५७ जेठ १७ गतेदेखि राज्यसत्ताले बेपत्ता पारेका कलमयोद्धा चित्रनारायण श्रेष्ठ

२०५७ जेठ १७ गतेदेखि राज्यसत्ताले बेपत्ता पारेका कलमयोद्धा चित्रनारायण श्रेष्ठ

काठमाडौं, १७ जेठ ।  तत्कालिन नेकपा माओवादीले २०५२ सालदेखि सुरु गरेको जनयुद्धमा होमिएका एक कलमवीर योद्धा चित्रनारायण श्रेष्ठ बेपत्ता भएको आज १७ वर्ष पुरा भएको छ । सिन्धुली जिल्लाबाट प्रकाशित हुने 'साप्ताहिक सिन्धुली पोष्ट'का सम्पादकसमेत रहेका श्रेष्ठ पूर्व शिक्षकसमेत थिए । 

उनलाई २०५७ जेठ १७ गते तत्कालिन राज्यसत्ताले पक्राउ गरेर सर्लाही जिल्लाबाट बेपत्ता पारेको हो ।

बेपत्ता योद्धा चित्रनारायणकी जीवन संगिनी तथा अवकाशप्राप्त शिक्षिका साबित्री श्रेष्ठले पतिको बारेमा सामाजिक सञ्जालमार्फत यसरी स्मरण गरेकी छिन् ।

हालसम्म पनि उहाँको स्थिति थाहा नभएकाले आजको दिनलाई कालो दिनको रुपमा लिँदैछु।

बेला बेलामा तपाईँको यो गितको याद आउँछ, 'मात्रीभुमी यो जन्म भुमीलाई हामी सब मिली उज्वल बनाउँ ।'

हामिले आफ्नो घर परिवार मात्र हेर्ने होइन ,आफु भन्दा दुखिलाई हेर्नुपर्छ।
देश र जनताइ मुक्ति दिलाउनु पर्छ भन्ने आवाज त्यो गितको अर्थ बाँचेका नेताहरुले सबै माटोमा मिलाए । आफ्नो मात्र पूरा गरे । दुःख लाग्छ।
अझै पनि आशा छ भेटको ।