हङकङमा नाकाबन्दी लगाउनु अमेरिकाले आफ्नै खुट्टामा गोली हान्नु हुने

 हङकङमा नाकाबन्दी लगाउनु अमेरिकाले आफ्नै खुट्टामा गोली हान्नु हुने

काठमाडौ । अमेरिकाले हङकङमाथि नाकाबन्दी लगाए त्यो उसको लागि आफ्नो खुट्टामा आफै गोली हाने सरह हुने कतिपय विज्ञहरूको भनाइ रहेको छ ।

हङकङमा भइरहेको अमेरिकासमर्थित प्रदर्शन नियन्त्रण लिन चीनले ल्याएको नयाँ कानुन पछि अमेरिकाले हङकङमाथि आर्थिक नाकाबन्दी लगाउने जनाएको हो ।

अमेरिकाले आर्थिक नाकाबन्दी लगाउनु भनेको हङकङले उपलब्ध गरिरहेको सुविधाहरूलाई कटौती गर्ने हुनेछ । यसबाट त्यहाँको वित्तीय प्रणालीमा संकट उत्पन्न हुन सक्ने छ । तर बुम बस्टले अमेरिकाको यो कदम उसकै लागि प्रत्युत्पादक हुने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हङकङसँगको विशेष व्यापार सम्बन्ध समाप्त पार्ने घोषणा गरे । पूर्व बेलायती उपनिवेश रहेको हङकङमा चिनियाँ अधिकारीहरूले राष्ट्रिय सुरक्षा कानुन ल्याएका हुन् । त्यो कानुनलाई अमेरिकाले विरोध गरेको छ ।

बुम बस्टकी सह प्रस्तोता क्रिस्टी आइले भनिन् “ सर्वाधिक महत्वपूर्ण विषय भनेको  हङकङ डलरको अमेरिकी डलरसँगको निशुल्क विनिमय सुविधा हो । अमेरिकाले यो सुविधालाईमा प्रतिबन्ध लगाए हङकङको मौद्रिक प्राधिकरणको पहुँच अमेरिकी डलरसम्मको समाप्त हुनेछ । यो नै मेचमा चरम विनाशकारी विकल्प वा न्युक्लियर अप्शन हुनेछ ।”

हङकङमा अमेरिकी डलरको निशुल्क विनिमयमा प्रतिबन्ध लगाउने काम दुईधारे तरबार हो जसले अमेरिकाको महत्वपूर्ण हितहरूमा आघात गर्न सक्नेछ ।यसो गरिए यसको विकल्पमा यहाँ युरो वा चिनियाँ मुद्रा युआन हुनेछ ।