दैलेखमा मृत्यु भएका ब्यक्तिमा कोरोना लागेको पुष्टि, मृतक संख्या सात पुग्यो 

दैलेखमा मृत्यु भएका ब्यक्तिमा कोरोना लागेको पुष्टि, मृतक संख्या सात पुग्यो 

दैलेख, १७ जेठ ।  दुल्लु नगरपालिकाको क्ववारेन्टाइनमा रहेका युवकको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएको छ । शनिबार मृत्यु भएका उनको रिपोर्ट परीक्षण गर्दा पोजेटिभ आएको छ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो । 

दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो। भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो ।