लकडाउन जेठ ३२ सम्म लम्ब्याइयो

लकडाउन जेठ ३२ सम्म लम्ब्याइयो

१७ जेठ, काठमाडौँ । सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरी जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले बताए ।  

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको पनि ती मन्त्रीले बताए ।

मन्त्री खतिवडाले परिस्थिति हेरि कुनै क्षेत्रमा लकडाउन खुकुलो बनाउने वा कतै कडा पार्ने भन्नेबारे कोभिड उच्चस्तरीय समितिले निर्णय गर्ने पनि बताए ।