अमेरिकामा जनप्रदर्शन फैलिँदै जाँदा अमेरिकी राज्यहरूले संकटकाल घोषणा गर्दै
काठमाडौ ।अमेरिकामा भुसको आगो झै जनप्रदर्शन फैलिँदै जाँदा अमेरिकी राज्यहरूले संकटकाल घोषणा गर्न थालेका छन् ।
मिनिसोटमा निशस्त्र अफ्रिकी अमेरिकी जर्ज फ्लोडलाई अमेरिकी प्रहरीले मारेपछि फैलिएको हिंसात्मक प्रदर्शन एकपछि गरी अर्को राज्यमा फैलिँदै गएको छ ।
पछिल्लो समय लस एन्जेल्स र उठले संकटकालको घोषणा गरेका छन् ।
प्रदर्शनकारीहरूले यसअघि संकटकाल र कर्फ्युको अवज्ञा गर्दै मिनियापलिसमा प्रहरी प्रधानकार्यालयलाई कब्जामा लिएर तोडफोड र आगजनी गरेका थिए ।
अमेरिकी टेलिभिजनमा आउने व्यक्तिहरूले यो हिंसात्मक प्रदर्शनको पछाडि रूसको हात हुन सक्ने बताउने गरेको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति प्रकट गरेका छन् ।
ट्रम्पले भने “ उनीहरूले रसिया, रसिया, र मात्र रसिया भन्ने छन् । उनीहरू कसैले चाइना भन्दैन् ।” ट्रम्पले अमेरिकी मिडियाले हिंसा फैलाएको आरोप पनि लगाएका छन् ।
मिनिसोटाको मिनियापलिस शहरबाट फैलिएको यो प्रदर्शनले वासिंटनस्थित ह्वाइटहाउसको घेराबन्दी गर्ने गरी प्रदर्शनकारीहरूलाई ओराल्न पुगेको देखिएको छ ।
ओसामा बिन लादेनलाई अफगानिस्तानमा गोली हानी मार्ने अमेरिकी नौसैनिक समूह सिलका पूर्व अधिकारी रोबर्ट जे ओ निलले अमेरिकी शहरमा फैलिँदै गएको सो जनप्रदर्शनलाई राजनीतिक अभिप्रेरित आतंकवादी बताएका छन् ।
उनले यो हिंसात्मक प्रदर्शन रोक्न सेनाको कडा प्रतिक्रिया हुनुपर्ने आह्वान गरेका छन् । ओ निल मात्रै नभएर यो हिंसात्मक प्रदर्शनका पछाडि धेरैले अदृश्य शक्तिको हात रहेको बताउने गरेका छन् ।
प्रतिक्रिया