कोरोना संक्रमणको यो कठिन चरणबाट मुक्ति पाइएला ?
१८ जेठ, काठमाडौं । कोरोना संक्रमणको संख्या घट्लाभन्दा पनि बढेको बढ्यै छ । कोरोनाबाट हैरान भएकालाई यही चिन्ता छ कि यो अब कहिले रोकिन्छ ? हामी पहिले जस्तै नर्मल जीवनमा बाँच्ने अवस्था कहिले बन्ला ?
हामी सबैले के बुझ्नुपर्छ भने यो अब कहीं जाँदैन । जति हाम्रो लापर्वाही हुन्छ त्यति नै फैलन्छ, हामी र हाम्रो निकटमा यसको दवदवा भइरहन्छ ।
क्यान्सर, डेंगु, स्वाइन फ्लु, एड्स, हैजा जस्ता रोग हामीकोमा रहेको छैन र ? यसबाट सतर्क हुँदै जो गएको छ, त्यसले जित्दै गएको छ । जसले छाडेको छ, त्यसलाई गाँजेको छ ।
सन् १९२० तिर फ्लुले विश्वमा करोडौंको ज्यान गयो । अहिले पनि यो रोग छ तर एकदम कमजोर छ ।
कोरोना संक्रमणबाट जिउनका लागि इम्युनिटी विकास गर्न जरुरी छ ।
हामीले घरमा बसेर, घरकै स्वस्थ खाना खाएर इम्युनिटी विकास गर्ने हो । वाहिर खाना खान छाडिदिने हो । यसले स्वास्थ पनि बन्छ अनि पैसा पनि त बच्छ, कि कसो ? एजेन्सी
प्रतिक्रिया