सिकेको आगामी बैठकमा के होला ?

 सिकेको आगामी बैठकमा के होला ?

सरकारसँग ११ बुँदै सहमति गरेर मधेस हान्निएका सिके राउतले चैत्र ४ र ५ गते ‘स्वतन्त्र मधेस गठबन्धन’ राष्ट्रिय परिषदको बैठक बोलाएका छन् । उनले जनकपुरमा सोमबार विहानदेखि हुने बैठकमा उपस्थित हुन परिषद सदस्यलाइ हिन्दी भाषामा उर्दी पनि जारी गरेका छन् ।

सूचनामा उनले गठबन्धनको ऐतिहासिक सफलता र विजय भएकोले अगाडिको रणनीति बनाउने र परिषदको बैठकपछि सूचना जारी गर्ने खुलासा पनि गरेका छन् । 

सिकेले परिषद बैठकमा सहमतिको २ नं. बुँदामा परेको विवादित ‘जनअभिमत’ शब्दलाई कसरी व्याख्या गर्छन त्यसैमा यो सहमतिको भविष्य निश्चित हुने गठबन्धनमा देखिएको छ । गठबन्धनको सांगाठानिक आधार कमजोर छ, तर उनको नाराले मधेसको भावनालाई भड्काउन काफी रहेको मधेससम्बद्ध विश्लेषकहरुले गर्दै आएका छन । सिकेले आफ्नो पुरानो अडान कायम रहेको परिषद बैठकमा राखिरहे सहमतिको अन्योल झनै बढ्ने निश्चित छ ।