लकडाउन अवधिभरि शेयर बजार बन्द हुने 

लकडाउन अवधिभरि शेयर बजार बन्द हुने 

लकडाउनको अवधि बढेसँगै शेयर बजार थप बन्द हुने भएको छ। नेपाल धितोपत्र बोर्डले पटक पटक निर्देशन दिनु नपर्ने गरी पछिल्लो समय निर्देशन दिएकाले लकडाउन अवधिभरि शेयर बजार बन्द हुने भएको हो।

पूँजी बजारको नियामक निकाय बोर्डले लकडाउन अवधि भर शेयर बजार बन्द गर्न निर्देशन दिएको हो। सोही निर्देशनको आधारमा नेपाल स्टक एक्सचेन्जले लकडाउन अवधिभरि बन्द गर्ने जनाएको छ। सरकारले लकडाउन अवधि बढाएर जेठ ३२ गतेसम्म पुर्याएको छ।

विश्व शेयर बजार खुलै रहेको भए पनि नेपाली शेयरबजार भने पूर्ण अनलाईन नभैसकेको हुँदा बजार खोल्न समस्या भएको छ । अनलाइन नाम मात्रको छ, ब्रोकर कार्यालय नगै सुखै छैन, यस्तो मार्केट खोलेर के काम एक लगानीकर्ताले गुनासो पोखे । लगानीकर्ताको माग बमोजिम धितोपत्र बोर्डले शेयर बजार बन्द गरेको हो। 

पछिल्लो समय कारोबार खोल्दा लगानीकर्ताको उल्लेख्य उपस्थिति थिएन भने केही लगानीकर्ता भने सेटिङ्गमै बजार घटाउन ब्यस्त भएपछि बन्दलाई निरन्तरता दिएको थियो।  

शेयर बजार बन्द गर्दा लगानीकर्तालाई कुनै समस्या नभएको सङ्गठित लगानीकर्ताले बताउँदै आएका छन्। बन्दको अवधिमा बजार खोले बरु समस्या थपिने हुने उनीहरूको तर्क छ। विश्व बजारको प्रिन्सिपलमा बजार चल्नु पर्ने भए पनि नेपाली लगानीकर्ता प्रविधि मैत्री नभएको, लगानीकर्ता कारोबारमा अभ्यस्त नभएको, हिँडडुल गर्न अप्ठ्यारो हुने भएकोले बजार बन्दै गर्नुपर्ने उनीहरूले बताउने गरेका छन्।

शेयर कारोबार गर्न सरकारले सहजीकरण नगरेको, ब्रोकर कम्पनीलाई पर्याप्ता सुविधा नदिएको, पास उपलब्ध नगराएको, लगानीकर्तालाई समेत सरकारले पास नदिएको लगानीकर्ताको आरोप छ।