नेपालमा संक्रमित संख्या पुग्यो १५ सय ६७, ८ जनाको मृत्यु 

नेपालमा संक्रमित संख्या पुग्यो १५ सय ६७, ८ जनाको मृत्यु 

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितिको संख्या १५ सय ६७ पुगेको छ भने कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ८ जना पुगेको छ ।

नेपालभर संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

आज बिहानदेखि नै विभिन्न जिल्ला र प्रदेशमा संक्रमितको संख्या बढेको थियो। विभिन्न प्रदेशले गरेको संक्रमितको अध्यावधिक संख्या अनुसार बिहान ११ बजेसम्म एक हजार चार सय ६७ जना संक्रमित पुगिसकेका थिए।