घाँसकाटीरहेकी महिलालाई जवरजस्ती गर्न खोजेपछि

घाँसकाटीरहेकी महिलालाई जवरजस्ती गर्न खोजेपछि

उदयपुर । २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा  त्रियुगा नगरपालिका–८ उत्राईटोल बस्ने २५ वर्षीय प्रकाश दनुवारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
ती महिलालाई आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।