भारतद्वारा पाकिस्तानी दूतावासका अधिकारी निष्काशित
काठमाडौ । भारतले पाकिस्तानी दुतावासका दुई अधिकारीलाई २४ घन्टा भित्रै भारत छोड्न भनेको छ ।
भारतको विदेशमन्त्रालयले उनीहरू भारतमा जासुसी गरेको आरोप लगाउँदै देश निष्काशनको यस्तो आदेश दिएको जनाएको हो ।
ती दुबै पाकिस्तानी नयाँ दिल्लीस्थित पाकिस्तानी दूतावासमा काम गरिरहेको विज्ञप्तिमा जनाइएको हो । भिसा विभागको भिसा सहयोगीमा काम गर्ने एक अधिकारीसमेत दुबै जना भारतमा गुप्तचरी गरेको आरोप भारतीय मिडियाले लगाइरहेका छन् ।
भारतीय मिडियाका अनुसार उनीहरू पाकिस्तानी गुप्तचर संस्थाका सदस्य रहेका छन् । उनीहरूलाई भारतीय सेना र भारतीय रेलका बारेमा डेटा संकलन गरिरहेका बेला पक्राउ गरिएको भनिएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले आफ्ना कुटनीतिज्ञहरूलाई गिरफ्तार गरी यातना दिएको आरोप भारतमाथि लगाएको छ । पाकिस्तानी मन्त्रालयका अनुसार भारतले पाकिस्तान विरोधी प्रचारबाजी गर्नका लागि उनीहरूको गिरफ्तारी पूर्व योजना अनुसार गरिएको थियो ।
प्रतिक्रिया