ह्वाइट हाउस नजिकको ऐतिहासिक धरोहर सेन्ट जोन्स चर्चमा प्रदर्शनकारीद्वारा आगजनी
काठमाडौ । अमेरिकाको राजधानी वांसिटन डिसीस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिक रहेको ऐतिहासिक धरोहर सेन्ट जोन्स चर्चमा प्रदर्शनकारीहरूले आगो लगाएका छन् ।
वासिंटनमा एकदिन अघिसम्म शान्त रहेको प्रदर्शन हिंसात्मक हुन पुगेको हो ।
यो चर्च ह्वाइट हाउसबाट ३सय मिटर मात्र टाढा रहेको छ । जारी भएको भिडियोमा चर्चका पर्खालमा आगो लागेको देखिन्छ ।
यो चर्च दुई शताब्दी अघि निर्माण गरिएको थियो ।
प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरू विभिन्न सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।
प्रतिक्रिया