बयोधा अस्पतालमा बबाल, स्वास्थ्यकर्मीको तलब आधा कटौती

बयोधा अस्पतालमा बबाल, स्वास्थ्यकर्मीको तलब आधा कटौती

झिल्को डेस्क 

काठमाडौं, १९ जेठ । कोरोना महामारीले संसार नै आक्रान्त भइरहेको बेला नेपाल पनि यसबाट अछुतो छैन । कोरोना महामारीका कारण बिश्वभरि नै सबैभन्दा पीडित यदि कोही छन् भने ती डाक्टर र स्वास्थ्यकर्मी हुन् ।

संक्रमितको उपचार गर्दागर्दै आफैँ संक्रमणमा परेर धेरै डाक्टर तथा स्वास्थ्यकर्मीले ज्यान नै गुमाउनु परेका धेरै घटना सार्वजनिक भएका छन् । नेपालमा पनि संक्रमितको उपचार गर्दागर्दै धेरै डाक्टर तथा स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । 

बयोधा अस्पतालको मुख्य सञ्चालक अजय गुप्ता हुन् । अजय गुप्ताको पहिचान अस्पताल क्षेत्रमा भन्दा पनि सर्जिकल सामग्री बिक्रेताको हिसाबमा धेरै ब्यवसायीहरुले चिन्दछन् । करिब २० बर्ष अघि गुप्ता उनको मामा भिम गुप्ताकोमा साइकलमा सामान डेलिभरीको काम गर्दथे । एकाएक उनी कसरी अर्बपति भए ? यो निकै रहस्यमय देखिन्छ ।

उनको एटलास सर्जिकल, एटलास डि कार्गो, भाइटल हेल्थ केयर लगायत दृश्य अदृश्य अनेकौँ ब्यापार रहेको झिल्को श्रोतले बताउँछ ।

 

झिल्कोले केही दिन अघि ललितपुरको ग्वार्कोमा अवस्थित बीएण्डबी अस्पतालका कर्मचारी अन्यायमा परेको समाचारलाई प्राथमिकताकासाथ प्रकाशित गरेपछि आफूहरु पनि अन्यायमा परेको भन्दै बल्खुस्थित बयोधा अस्पतालका कर्मचारीहरु झिल्कोको सम्पर्कमा आएका छन्।

उनीहरुका अनुसार बयोधा अस्पताल ब्यवस्थापनले अस्पतालमा कार्यरत करिब २५० डाक्टर, नर्स लगायतका कर्मचारीलाई बिगत दुई महिनादेखि आधा मात्रै तलव दिएको खुलासा गरेका हुन् । 

झिल्कोको सम्पर्कमा आएकी एक नर्सले अस्पताल प्रशासनले आफूहरुलाई मर्नु र बाच्नुको अबस्थामा पुर्याएको बताइन् । समाचारमा नाम उल्लेख गर्दा आफूलाई अस्पतालले अझ अप्ठ्यारो पर्न सक्ने भन्दै डराएकी उनी भन्छिन्, 'एक त समाज र घरबेटीले अस्पतालमा काम गर्ने मानिसलाई कोरोना भाइरसको ब्यवहार गर्ने र त्यसमाथि अस्पतालले  आधा तलब कट्टा गर्दा मलाई यो पेशामा लागेर निक्कै ठूलो गल्ती गरेछु कि जस्तो लाग्न थालेको छ ।'

यस्तो महामारीको अवस्थामा स्वास्थ्यकर्मीको मनोबल उच्च हुने ब्यवहार अस्पताल प्रशासनले गर्नु पर्ने बेलामा आफूहरुको मनोबल कम्जोर मात्रै पारिएन अर्को पेशा ब्यवसाय नै खोज्नु पर्ने अबस्था आएको पीडित कर्मचारीहरुको भनाई छ ।

को हो सञ्चालक ?

बयोधा अस्पतालको मुख्य सञ्चालक अजय गुप्ता हुन् । अजय गुप्ताको पहिचान अस्पताल क्षेत्रमा भन्दा पनि सर्जिकल सामाग्री बिक्रेताको हिसाबमा धेरै ब्यवसायीहरुले चिन्दछन् । करिब २० बर्ष अघि गुप्ता उनको मामा भिम गुप्ताकोमा साइकलमा सामान डेलिभरीको काम गर्दथे । एकाएक उनी कसरी अर्बपति भए ? यो निकै रहस्यमय देखिन्छ ।

उनको एटलास सर्जिकल, एटलास डि कार्गो, भाइटल हेल्थ केयर लगायत दृश्य अदृश्य अनेकौँ ब्यापार रहेको झिल्को श्रोतले बताउँछ । अजय गुप्ताले सोझा नेपाली नागरिकको नागरिकता प्रयोग गरेर ब्यवसायीक फर्महरु दर्ता गर्ने र त्यसबाट अबैध काम गर्ने गरेका श्रोतको दावी छ ।

केही बर्ष पहिले एक जना महिलाको नामबाट खोलिएको फर्मबाट कर छली गरेको पाइएपछि ती महिला लामो समय थुनामा परेकी थिइन् । उनीसंग ब्यवसाय सुरु गरेका क्षेत्रपाटीका सर्जिकल ब्यवसायीहरुको कथन छ, 'हामी जहाको त्यहीँ तर अजय गुप्ता कसरी अर्बपति भए ? राज्यले छानबिन गर्नुपर्छ।'

कोरोनाको महामारीको बेला अस्पतालहरुले गरेको बदमासी सम्बन्धी समाचार तलका लिंकमा पढ्नुहोस्, 

झिल्को प्रभाव : 'बी एण्ड बी' अस्पतालले मूल्यवृद्धि फिर्ता लियो

लकडाउनको मौका छोपी 'वी एण्ड वी' अस्पतालमा ब्रम्हलुट

स्वास्थ्यकर्मीहरुको तलब कटौतीप्रति नर्सिङ संघको आपत्ति