भारतमा आजदेखि लकडाउन खुकुलो

भारतमा आजदेखि लकडाउन खुकुलो

  भारतमा आजदेखि लकडाउन खुकुलो बनाइएको छ । अझै झन्डै एक महिना अर्थात जुन ३० सम्म लकडाउन यथावत रहने भनिए पनि सङ्क्रमण धेरै फैलिएको ठाउँमा मात्रै लकडाउन सीमित राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।  यद्यपि, राज्य सरकारले कोरोना रोकथामका लागि केही क्षेत्र र काममा प्रतिवन्ध लगाउन सक्नेछन् ।

अब राज्यहरुले ‘कन्टेन्ट जोन’ ९कोरोना अति प्रभावित क्षेत्र० बाहिर सामान्य गतिविधि गर्न सक्नेछन् । अनलकको पहिलो चरणमा भारतको गृहमन्त्रालयले सपिङ मल, होटल, रेस्टुराँ तथा धार्मिकस्थल खोल्न पाउने जनाएको छ । यद्यपि विद्यालय, कलेज, शैक्षिक प्रशिक्षण संस्थाहरू दोस्रो चरणमा राज्य र केन्द्र शासित प्रदेशको छलफल पछि खोलिने छन् । 
 
यद्यपि अन्तरराष्ट्रिय हवाई यात्रा अहिले पनि बन्द हुनेछ । पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार र प्रेक्षालय, हल, सामाजिक, राजनीतिक र खेल सम्बन्धी गतिविधि बन्द रहनेछ । भारतमा तिव्र रुपमा कोरोना संक्रमण फैलिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ७८२ कोरोना संक्रमित थपिएका छन् ।