सिरहामा ९ बर्षिय बालक डुबेर मृत्यु

सिरहामा ९ बर्षिय बालक डुबेर मृत्यु

सिरहा । कर्जन्हा नगरपालिका–४ भुल्के बस्ने शम्भु बि।क।को घरमा बस्दै आएका उनकै भान्जा अन्दाजी ९ बर्षिय बीरन बि.क. खाल्टोमा जमेको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । खेतमा ट्याक्टरले माटो खनेको खाल्टोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।