लिम्बुवान राज्यको माग गर्दै तीब्र अभियान

लिम्बुवान राज्यको माग गर्दै तीब्र अभियान

विराटनगर । अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गरिनुपर्ने, जातीय पहिचानका आधारमा पुनर्सरचना हुनुपर्ने माग राख्दै आएका लिम्बुवान राज्य पक्षधरहरुले ‘लिम्बुवान स्प्रिङ रिभुल्युशन’ अभियानलाई तीब्र बनाएका छन् । 

पछिल्ला दिनमा उनीहरुले नौ जिल्लामा साना ठूला कार्यक्रम गरिरहेका छन् भने सामाजिक सञ्जालमा पनि यो अभियानलाई तीब्र बनाएका छन् ।

धनकुटाको चौबीसे गाउँपालिकामा किरात याक्थुम चुम्लुङको कार्यक्रम सकेर फर्कदै गर्दा प्रदेश नम्बर एकका आर्थिक मामला तथा योजना मन्त्री इन्द्र आङबो मौसमलाई उनीहरुले कालो झण्डा देखाए। लिम्बु भएर लिम्बु र पहिचानको राजनीतिको विरोध गरेको भन्दै उनीहरुले कालो झण्डा देखाएका थिए । 

करिब एक दर्जन पक्राउ परेका लिम्बुवान राज्यको अभियानकर्तालाई एकाध घण्टा कस्टडीमा राखेर छाडिएको थियो । 

फागुन ३० गते साँझ सुनसरीको धरान उप महानगरपालिका २ को भानुचौकमा लिम्बुवान राज्यको माग गर्दै उनीहरुले कोणसभा गरे । 

उनीहरुले विसं १८३१ को सन्धि अनुसार अरुण पूर्वको जिल्ला लिम्बुवान हो भनेका थिए ।  उनीहरुले भनेका नौ जिल्लामा संखुवासभा, ताप्लेजुङ, ते¥हथुम, पाँचथर, धनकुटा, इलाम, सुनसरी, मोरङ र झापा पर्छन । 

उनीहरुले सामाजिक सञ्जालमा समेत अभियान चलाएका छन् ।