अमेरिकी राजदुतको दौडाहा, पश्चिम नेपालमा ठूलै तरंग

अमेरिकी राजदुतको दौडाहा, पश्चिम नेपालमा ठूलै तरंग

चैत्र ३, काठमाडौं । फागुन २९ गते बाँके जिल्लास्थित युएसएआईडी र अमेरिकी राजदुतावासको संयुक्त लगानीमा भएका आयोजनाको निरीक्षण गर्ने वहानामा एउटा टोली नै लिएर नेपालका लागि अमेरिकी राजदुत रेण्डी डब्लु बेरी त्यहाँ पुगेका थिए । 

नेपालगञ्ज उपमहानगरपालिका ११ गुरुद्वारा रोडस्थित बरकातिया मदरसा पुगेर त्यसको संस्थापक अध्यक्ष मौलान जब्बर मञ्जरीसँग भेटेको कुराले धेरै नै ठूलो तरंग ल्याएको छ । 

भारतीय संस्थापन निकट एक स्थानीय नेताले अमेरिकी राजदुतले सँगै लिएर ल्याएको महिला दोभासे पाकिस्तानको खुफिया एजेन्सी आईएसआईको निकट रहेको ठोकुवा गरे । मौलान जब्बर मञ्जरीलाई नै भारतीय संस्थापन निकट राजनीति गर्नेले आईएसआईको निकट भएको आरोप लगाउने गर्छन । 

भारतीय संस्थापन पक्षलाई नै तरंग पार्ने गरी अमेरिकी राजदुतले किन यस्तो कार्य गरे भनेर नेपालगञ्जमा व्यापक चर्चा हुने गरेको हाम्रा सम्वाददाताले समाचारमा उल्लेख गरेका छन् । 
 

फोटोः अमेरिकी दूतावासको सामाजिक सञ्जालबाट