यस्तो छ, मध्य एसियालाई दबाबमा राख्ने अमेरिकी योजना

यस्तो छ, मध्य एसियालाई दबाबमा राख्ने अमेरिकी योजना

एसिया–प्रशान्त, हिन्द–प्रशान्त रणनीतिपछि अमेरिकाले अर्को रणनीतिमा मध्यपूर्व एसियालाई दवावमा राख्ने रुपरेखा तयार गरको छ । सिन्ह्वा समाचार एजेन्सीका अनुसार यो रणनीतिको नाम हो भू–मध्य सागरीय रणनीति । यो रणनीतिको रुपरेखा तयार गर्न आउँदो साता अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ मध्यपूर्वका देशमा आउने भएका छन् ।

यो समाचारलाई पुष्टि हुने गरी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता रोबर्ट पालाडिनोले अर्को हप्ता मंगलबार क्षेत्रीय तथा सुरक्षासम्बन्धी विषयहरुमा छलफल गर्न उनी कुवेत, लेबनान, इजरायल लगायतका मध्यपूर्व एसियाली देशको भ्रमणमा रहनेछन् । मन्त्री पोम्पेओले ती देशसँग ऊर्जा र सुरक्षाका सम्बन्धमा पूर्वी भूमध्यसागर क्षेत्रले भोगिरहेको समस्याका बारेमा छलफल गर्ने कार्यक्रम छ । यस्तै उनले इजरायल, साइप्रस र ग्रिसका उच्च अधिकारीहरुसँग अमेरिकी हितमा छलफल गर्ने छन् । कुवेतबाट सुरु हुने उनको भ्रमण जेरुसेलममा पुगेर रणनीति तयार गर्नेछ ।

भूमध्य सागर उत्तरी अफ्रिका, यूरोप, अनातोलिया तथा मध्य–पूर्वको बीचमा पर्छ । यसको क्षेत्रफल लगभग २५ लाख वर्गकिलोमिटर छ । यो भारतको क्षेत्रफलको लगभग तीन–चौथाई हो । प्राचीनकालमा ग्रिक, अनातोलिया, कार्थेज, स्पेन, रोम, जेरुशलम, अरब तथा इजिप्ट जस्ता प्रदेश तथा नगरहरुको बीच भएको कारणले यसलाई भू–मध्य (धरतीको बीचको) सागर भनिन्थ्यो । यो अटलाण्टिक महासागरसँग जिब्राल्टरमा जोडिन्छ । यो सागर मध्यपूर्व एसियालाई सन्तुलनमा ल्याउने सामरिक महत्वको छ ।