विप्लवप्रति झन आक्रामक बन्दै प्रम ओलीः प्रतिबन्ध लगाउँदैमा कसैले रुवाबासी गर्नुपर्दैन

विप्लवप्रति झन आक्रामक बन्दै प्रम ओलीः प्रतिबन्ध लगाउँदैमा कसैले रुवाबासी गर्नुपर्दैन

मोरङ । नेत्रविक्रम चन्द विप्लवप्रति प्रधानमन्त्री केपी शर्मा ओली झन् आक्रामक बन्दै गएका छन् । मन्त्रीमण्डलबाट विप्लव नेतृत्वको पार्टी नेकपालाई प्रतिबन्धको घोषणा गरेका प्रम ओलीले सो पार्टीलाई प्रतिबन्ध मात्र होइन नियन्त्रणको योजना नै बनाएको खुलासा गरे ।

विप्लव समूहले विध्वंश, लुटपाट, आतङ्क, बम पड्काउने, मान्छे मार्ने, सरकारी संरचना ध्वस्त पार्ने, कर्मचारी धम्क्याउने आदि क्रियाकलाप गर्ने सो समूह कहीँ कतै पनि दर्ता नभएको भन्दै नियन्त्रणको योजना बनाइएको प्रम ओलीले बताए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘सरकार यो विषयमा गम्भीर छ, कुनै ठट्टा गरको छैन, विध्वंश, लुटपाट आतंकित पार्ने कुरालाई सरकारले प्रतिबन्ध लगाउँदैमा कसैले रुवाबासी गर्नुपर्ने अवस्था छैन ।’