भारतमा चुनावी सरगर्मी : ‘चौकीदार खडा है’ विरूद्ध ‘चौकीदार चोर है’

भारतमा चुनावी सरगर्मी : ‘चौकीदार खडा है’ विरूद्ध ‘चौकीदार चोर है’

भारतमा निर्वाचन नजिकिदैं जाँदा त्यहाँ आरोपप्रत्यारोप पनि लाग्न थालेको छ । सांकेतिक रुपमा चौकीदार अहिले चुनावी नारा बनेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफू चौकीदार भएको बताएका छन् भने उनका विपक्षी राहुल गान्धीले चौकीदार चोर भन्दै उनका विरुद्ध अभियान नै चलाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ को लोकसभा निर्वाचनमा आफूलाई पाले (चौकीदार) को रूपमा उभ्याएर प्रचार प्रसार अगाडि सार्न खोज्दा उनको विरोधमा प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धीले पाले चोर भनी प्रचारको प्रत्याक्रमण गरेका छन् ।

मोदीका समर्थकहरूले ‘चौकीदार मोदी खडा है ’भनिरहँदा राहुलका समर्थकले ‘चौकीदार चोर है’ भन्न थालिसकेका छन् । सन् २०१४ मा चुनाव जितेपछि मोदीले आफू देशको चौकीदार भएको कसैलाई भ्रष्टाचार गर्न नदिने भन्दै भनेका थिए “ घुस न आफू खाने न कसैलाई खान दिने ।”

तर, उनकै पालोमा रफाएल हतियार सम्झौतामा ठूलो भ्रष्टाचार भएको भन्दै त्यसको विरोधमा राहुलको टिम लागि परेको छ ।