विवादास्पद मोडल परी तामाङ पक्राउ

विवादास्पद मोडल परी तामाङ पक्राउ

५ चैत, काठमाडौं । मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् ।

महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको छ।

उनीहरुलाई साइबार अपराध कसुर अन्तरगत अभियोजन गर्ने गरी अनुसन्धान भइरहेको छ ।

जनस्तरबाटै व्यापक जनगुनासो आएपछि नियन्त्रणमा लिइएको हो ।

यो पनि पढ्नुहोस   कलाकारिताको आडमा परी तामाङको यौन हर्कत, सामाजिक सञ्जालको व्यापक दुरुपयोग