अंग्रेजी नबुझेपछि गोलखाडी

अंग्रेजी नबुझेपछि गोलखाडी

‘जनअभिमत अर्थ जो कुछ निकलता है, वही होता है । ११ बुँदे जो सहमति है मधेसियौं के लिए वह पेण्डोरा का बाकस है । जो कुछ निकलना हो उसीसे निकालना होगा । उधर काठमाण्डूमें ‘जनअभिमत’ का अर्थ सरकारी लोग अँग्रेजीका ‘पब्लिक भर्डिक्ट’ से लगाते हैं । अँग्रेजी के धुरन्धर लोग ‘पब्लिक ओपिनयन’ भी कहते हैँ ? ए लोग क्यौं ‘जनअभिमत’ शब्द को ‘पब्लिक भर्टिक’ और ‘पब्लिक ओपिनयन’ कह रहे है सायद उनको भी मालुम नहि । ए ड्राफ्ट जहाँ से आया है वहाँ पुछना चाहिए कि नही ? अँग्रेजी बोलने से थोडा बडप्पन दिखाइ देता है इसलिए अँग्रेजी मे बोल रहे हाँेगे सायद । इधर तराई मधेस मे इसका अर्थ निकला है ‘जनमत’ याने कि ‘रिफरेण्डम’ । काठमण्डु मे थोडा ठण्डक है इसलिए उहाँ पर ‘जनमत’ के विचोंविच ‘अभि’ शब्द चिप्का हुवा है । इधर मधेसमे गर्मी है इसलिए ‘जनअभिमत’ से ‘अभि’ शब्द पिगला जाता है और बनजाता है, ‘जनमत’ इसको कहते है ‘रिफरेण्डम’ ।’
सिकेले आफ्ना कार्जकर्तालाई सम्झाउने हिसावले भने ।

 

जनअभिमत र जनमतको अर्थ खस नेपाली भाषामा नलागिरहेको बेला यो शब्दलाई हिन्दी, मैथली, भोजपुरी, अवधि आदिमा अनुवाद गर्दा वा परिभाषा लगाउँदा अनेक अर्थ लाग्नु अस्वाभाविक पनि होइन । हिन्दी र नेपाली खस भाषामा त शब्दको अर्थ केलाउँदा यो हालत हुन्छ भने नेपालका अन्य मातृ भाषामा जनअभिमतको अर्थ लगाउँदा के के अर्थ निस्कने हो । अँग्रेजी, चिनियाँ अरु भाषामा अर्थ लगाउँदा झन् कति विजोक हुँदो हो । कहिल्यै बुझिंदैन । 
बैठक चलिरहेको थियो । कार्जकर्ता अन्धाधुन्दमै थिए । एकजना अलिक बटारिएका जस्ता देखिने कार्जकर्ताले प्रश्न सोधे, ‘नेताजी, आपकी वात तो रबर कोटेड है । एक शब्दका अनेक अर्थ कैसे निकलता है । ए बहुत ताज्जुबका वात है ।’

सिकेले देब्रे हातले कपाल स्याहारे, दाहिने हात जुँगामा पु¥याए । भित्रभित्रै गम खाए । अनि अलिक रिसाएको मुडमा भने, ‘आप की साथ मे नेपालका सिटिजनसिप है ?’ 

सिकेले प्रश्नमात्र सोधेका थिए । दुई जना बुलेट प्रुफधारी स्वयम्सेवकले तिनको खानतलासी सुरु गरे । उनको साथमा सिटिजनसिप फेला परेन । सिकेतिर फर्केर सिटिजनसिप नभएको इसारा गरे । यत्तिकैमा सिकेले जुँगामा ताउ लगाउँदै तिनलाई बाहिर निकाल्न इशारा गरे । बुलेट प्रुफधारी स्वयम्सेवकले दुई चार घुस्सा मार्दै झ्याइँकुटी पारेर तिनलाई बाहिर निकाले । 

बैठक पुनः सुरु गर्न प्रवक्ता अगाडि सरे, ‘इतना ही नही, यहाँ आने के लिए सिटिजनसिप सख्त जरुरत है, जिसके साथ नही है कृपया चुपचाप बैठिए व बाहर जाहिए ।’
अर्काे ठिटोले प्रश्न उठायो, ‘हमारे पास अंगीकृत सिटिजनसिप है क्या मै बैठ सकता हुँ ?’

‘अंगीकृतवाले बैठ सकते है लेकिन प्रश्न नं. दो बुँदाके विषयमे पुछ नहीं सकते’, प्रवक्ताले जानकारी दिए । 

अर्को कार्जेकर्ता उठेर बोल्यो, ‘मेरे पास जन्मसिद्धवाले सिटिजनसिप है क्या मे सभी बुँदाकी सवालजवाफ मे भाग ले सकता हुँ ?’

प्रवक्ताले भने, ‘तुमको पचास पर्सेन्ट प्रश्न सोध्नेका अधिकार मुहाइया कराया जाता है पुछो ।’

‘मेरा बंशजका सिटिजनसिप है, क्या मै भी बोल सकता हुँ ?’ प्रौढ उमेरको एउटा कार्जकर्ताले भने ।

‘आप सभी प्रश्न लिख के दिजिए’, प्रवक्ताले भने ।

‘मुझे लिखना पढना नहि आता’, प्रौढले भने ।

‘तब तो आप चुपचाप रहिए’, प्रवक्ताले टोके ।

हुलमुलमा घुसेका एकजना पत्रकारले भने, ‘मेरे पास प्रेस पास है, क्या मै पुछ सकता हुँ ?’

‘पत्रकारको किसने घुसने दिया यसको बाहर निकालो’, प्रवक्ताले फरमान जारी गरे ।

तिनै बुलेट प्रुफधारीले पत्रकारलाई झ्याइँकुटी पार्दै बाहिर निकाले । यति गर्दागर्दै दिन ढलिसकेको थियो । प्रवक्ताले भने, ‘आजका कार्जक्रम यहिँ पर स्थगित हो गया । कल फिर मिलेंगे ।’