भारतले चीनको बेल्ट एण्ड रोड फोरम फेरि बहिस्कार गर्ने

भारतले चीनको बेल्ट एण्ड रोड फोरम फेरि बहिस्कार गर्ने

जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई संयुक्त राष्ट्रमा अन्तर्राष्ट्रिय आतंककारी घोषित गर्ने प्रयासमा चीनले फेरि अड्काएको भन्त्दै भारतले फेरि नयाँ फैसला लिनसक्ने संकेत दिएको छ । भारतका एक अधिकारीले उसले दोस्रो पटक पनि बेल्ट एण्ड रोड फोरमको बहिस्कार गर्ने जनाए । 

भारतीय पक्षले कोही पनि देश यस्तो पहल र मनस्थितिमा सामेल नहुने बताए, ‘जसले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उसको आपत्तिलाई नजरअन्दाज गर्दछ ।’ भारतले सन् २०१७ को यस्तै खाले मञ्चको बहिस्कार गरेको थियो ।

भारतलाई चीन–पाकिस्तानको आर्थिक कोरिडोर (सीपीइसी) माथि नै आपत्ति छ, जो पाकिस्तानको काश्मिर हुँदै यो जान्छ । यो परियोजना पनि चीनको बेल्ट एण्ड रोड इनिसियटिभको हिस्सा हो । आगामी महिना चीनमा हुने बेल्ट एण्ड रोड फोरममा पाकिस्नाका प्रधानमन्त्री इमरान खान सामेल हुने तय भइसकेको छ ।

चीन पाकिस्तानको ग्वाद पोर्टबाट शिनजियांग प्रान्तलाई जोड्नका लागि ६० अरब डलर लागतबाट सीपीइसीमा काम गरिरहेको र यसका लागि चीनको नजर सडक र रेलमामात्र नभएर ग्यास र आइल पाइप लाइनमा पनि हो र त्यो परियोजनामार्फत कैयन ऊर्जाको आयोजनामा समेत काम गरिरहेको भारतको भनाइ रहेको छ ।

चीनस्थित भारतीय राजदूत बिक्रम मिसरीले चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्समा भनेका छन्, 'कुनै पनि कनेक्टिभिटी इनिसिटिभमाथि यस तरिकाबाट लागू गर्नुपर्छ जो अन्य देशको स्वायत्तता, समानता र क्षेत्रीय अखण्डताको सम्मान गर्छ ।'  

मिसरीले भारत–चीनसँगको सम्बन्धलाई राम्रो गराउनेबारेमा सोधिएको प्रश्नमा उनले भने, 'दुई देशको आपसी द्विपक्षीय सम्बन्ध न केवल दुई देशका लागि होइन कि व्यापक आर्थिक एवम अन्तर्राष्ट्रिय समुदायको हितमा छ ।’