दमकल माग्दा गाडी उपहार

दमकल माग्दा गाडी उपहार

लिम्चुङबुङ गाउँकार्यपालिकाले जनप्रतिनिधिहरुको सुविधाको लागि गाडी नकिनेर सर्वसाधारणलाई सेवा दिन सावजनिक यातायात सञ्चालन गर्ने गरी बस खरिद गरेको विषय सर्बत्र स्वागत भएको थियो । 

यस्तै लोकप्रिय निर्णय गर्न प्रदेश नम्बर एक सुनसरी जिल्लाको कान्छो नगरपालिका बराहक्षेत्रले मन्त्रालयसँग दमकल माग्दा भने गाडी उपहार पाएको छ । अति आवश्यक दमकल माग्दा दमकल दिन नसक्ने भएपछि हिस्रिक्क भएका नगरप्रमुख निलम खनालले अर्को उपाय झिके । उपहार पाएको गाडी लैजाने र गाडी खरिद गर्न छुट्टयाएको बजेटले दमकल खरिद गर्ने । 


साविक पाँचवटा गाविसलाई समायोजन गरी बनाइएको यो कान्छो नगरपालिकासँग दमकल छैन । मन्त्रालयसँग दमकल माग्दा नपाएपछि पालिकाको गाडी खरिद गर्ने बजेट दमकल खरिदमा छुट्याएका छन् । सूचनाको सहज पहुँच भएको बेला लोकप्रिय हुन केही बेर नलाग्ने लोभ यतिखेर स्थानीय तहका जनप्रतिनिधिमा बढ्दै गएको छ । 
 
लिम्चुङबुङ गाउँकार्यपालिकाले गरेको जनपक्षीय निर्णय यतिखेर बहुप्रचारित भइरहेको छ । यसरी जनपक्षीय निर्णयको सिको गर्दै लोकप्रिय बन्ने होड स्थानीय तहका जनप्रतिनिधिमा बढ्दै गएको यो संकेत हो । बराहक्षेत्र नगरपालिकाले पनि निर्णयको सफल कार्यान्वयन ग¥यो भने ‘कान्छो नगरपालिको जेठो निर्णय’ भन्दै बराहक्षेत्रवासीले स्वागत गर्ने नै छन । अन्यत्रका जनप्रतिनिधि पनि जनपक्षीय काम गर्न बाध्य हुँदै जानेछन् । 

यो पनि पढ्नुहोस,  कान्छो गाउँपालिकाको जेठो निर्णय