चीन विरुद्ध मुस्ताङ अभियान : खम्पा विद्रोह दोहो¥याउने चाल

चीन विरुद्ध मुस्ताङ अभियान : खम्पा विद्रोह दोहो¥याउने चाल

हिन्द–प्रशान्त रणनीतिलाई प्राथमिकताकासाथ अमेरिकाले अगाडि बढाएपछिका बाछिटा नेपालमा देखिन लागेको छ । चीनलाई घेर्ने, भारतलाई हेर्ने नीति अन्तर्गतको अमेरिकाको यो पछिल्लो रणनीति कार्यान्वयन गर्न मुख्य क्षेत्रतर्फ ओइरिन थालेका छन् । त्यो मुख्य क्षेत्र भनेको नेपालको सरहदभित्रको मनाङ कोरिडर हुँदै जाने मुस्ताङ जिल्ला पर्दछ । त्यहाँ पुग्न लमजुङ जिल्लाको सदरमुकाम बेंशी शहर चामे सडक खण्ड हुँदै जानु पर्दछ । केही महिना यता चामे सडक खण्ड हुँदै मनाङ जाने विदेशी पर्यटकको लर्को नै लागेको छ । पर्यटकको भेषमा त्यस क्षेत्रमा जाने धेरै ठूलो हिस्सा अमेरिकी नागरिकहरु रहेको हाम्रा सम्वाददाताले लमजुङबाट प्रेषित गरेको समाचारमा जनाइएको छ ।

मनाङ जिल्लाको निस्याङ गाउँपालिका वडा नं ८ थोरङ्ला पासबाट थोरङ्ला पास हुँदै मुस्ताङ पद यात्रा गर्नेहरु खाँटी पर्यटक नभएर अमेरिकी नागरिकहरु रहेको स्थानीय वासिन्दाले बताएका छन् । ती अमेरिकी नागरिकहरु पद यात्राका नाममा चीन (तिब्बत) को केरुङ ÷ सागा काउण्टीसँग सीमा जोडिएको ठाउँसम्म पुगेर हप्तौं विताउने गरेका छन् । सागा काउण्टीसँग सीमा जोडिएको स्थान तिब्बती शरणार्थीहरुको बाक्लो बसोबास रहेको नार्पा गाउँपालिकामा पर्छ । एकदमै चीसो समयमा स्थानीय गाउँलेहरु चिसो छल्न बेंशी झर्ने गर्दछन् । तर अमेरिकी नागरिकहरु भने उतै लर्को लागे । यो त्यति आश्चर्य मानीरहनु पर्ने विषयनै होइन कि उनीहरु कुनै हिमाल आरोहीहरु हुन । नेपाल–चीनको त्यो संवेदनशील क्षेत्रमा पानी फिल्टर गराउने लगायतका काम र सीप सिकाउने बहानामा अमेरिकीहरु ओइरिएका छन् । 

गएको फागुन २८ गतेमात्र पानी फिल्टर गर्ने समान लगेको निहुँ गर्दै माइकल ए नामका अमेरिकी अगुवा नागरिकको नेतृत्वमा आधा दर्जन अमेरिकी सो गाउँमा एक हप्ता बसेर फर्किएका छन् । उनी बारम्बार त्यो क्षेत्रमा जाने आउने गर्छन ।

गएको डिसेम्बरमा मात्र तिब्बत सम्बन्धी ऐन अमेरिकी सिनेटले पारित गरेको थियो । यसरी नै चीनमा प्रजातन्त्र स्थापना गर्ने नाममा तिब्बती शरणार्थीमा खर्च गर्न मिलेनियम कम्प्याक्ट अन्तर्गत प्रतिवर्ष एक अर्ब ५० करोड डलर खर्च गर्ने अमेरिकी निर्णय सार्वजनिक भइसकेको छ । चीनको विघटन गराउन यतिखेर कमजोर कडी तिब्तमाथि गडबडी मच्चाउने खेलको रिहर्सल सुरु भएको अर्थमा अमेरिकी जासुसहरु त्यतातर्फ बाक्लिएको अर्थमा लिन सकिन्छ । 

गत ०६५ चैत १८ गते तत्कालीन नेपालका लागि अमेरिकी राजदूत न्यान्सी पावेल मुस्ताङ जिल्लाको १० दिने भ्रमण गरेका थिए । त्यसै सालको चैत्र ९ गते नेपालका लागि फ्रान्स र जर्मनीका राजदूतहरुले पनि मुस्ताङको भ्रमण गरेका थिए । त्यसैको निरन्तरता स्वरुप अहिले पर्यटकको भेषमा अमेरिकी जासुसहरु दौडिएको अनुमान लगाउन सकिन्छ । तिब्बतमा गडबडी मच्चाउन निलगिरी हिमाल (मुस्ताङ) मा बेस बनाउन जरुरी हुन्छ । विसं २०३१ सालमा पनि सिआइए र ‘र’ को सहयोगमा यसै स्थानमा खम्पा विद्रोह भएको थियो । त्यो विद्रोहलाई तत्कालीन नेपाली सेनाले चीनको अनुरोधमा दबाएको थियो । प्रारम्भिक समयमा नै नेपाली सेनाले खम्पा विद्रोहमाथि जाइलागेकोले विद्रोह दबाउन सफल भएको सूरक्षा अभिलेखहरुमा अहिले पनि पाइन्छ ।