चीनलाई तर्साउन गुगल कुट्दै अमेरिका

चीनलाई तर्साउन गुगल कुट्दै अमेरिका

आफैंले निर्माण गरेका खेलमा पछि पर्दै गएको अमेरिकाले चीनलाई तर्साउन आफ्नो सहयोगी देश र व्यावसायिक कम्पनीलाई कुटपिट गर्न थालेको छ ।

गुगलले चीनमा आफ्नो व्यवसाय बढाउन अमेरिकी सैन्य क्षमतालाई पछि पार्न आवश्यक सहयोग गरेको आरोप लगाइ गुगललाई कारबाही गर्ने योजना अमेरिकाले बनाएको देखिएबाट पर्यवेक्षकहरूले यस्तो बताउन थालेका हुन् ।

चिनियाँ कम्पनी हुवावेले बनाएका दूरसञ्चारसम्बन्धी उपकरणले गुप्त सूचना चोरेको आरोप लगाउने काम गरेको आरोप लगाउँदै अमेरिकाले आफ्ना सहयोगी देशमा उसले व्यवसाय विस्तार गर्न नपाओस भनेर दबाब दिन थालेको छ । क्यानडामा अमेरिकाले हुवावेका वित्तीय विभागका प्रमुखलाई हिरासतमा लिन लगाएको थियो । केही दिन अघि मात्र जर्मनले चीनको हुवावेलाई फाइभ जी नेटवर्कको ठेक्का दिने भनेपछि जर्मनीमाथि अमेरिकाले दबाब दिएको थियो ।

अब गुगलमाथि आरोप लगाउँदै अमेरिकाले सैनिक अधिकारीलाई यस विषयमा अनुसन्धान गर्न खटाएको छ ।

चीनलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकी सेनाका उच्च अधिकारीहरूले गुगलका प्रतिनिधिहरूसँग आगामी साता भेटेर छानबिन गर्ने भएका छन् ।

गुगलको कृत्रिम बौद्धिकता (एआई) विस्तार गर्ने चिनियाँ लगानीको कम्पनी मार्फत गुगलले अमेरिकालाई उछिन्न चीनालाई सहयोग गरेको आरोप छ ।

जेनरल जोसेफ डनफोर्डले गुगलका अधिकारीहरूसँग भेट गर्ने भएका हुन् । 

गुगलले अमेरिकी सरकारको आरोपलाई खण्डन गरेको छ । गुगलले एआई सम्बन्धी गतिविधिलाई शिक्षा र प्राकृतिक भाषाको बुझाइमा सहयोग गर्न चीनलाई सहयोग गरेको जनाएको छ । एआईसम्बन्धी यस्ता उपकरण विश्वबजारमा सहजै उपलब्ध छ । तर गुगल दिएको जानकारीलाई अमेरिकी सरकारले मानेको छैन् । उसले गुगललाई कानुनी कारबाही गर्न चाहेको छ । चीनलाई सहयोग गरेको निहुमा यस गर्नु भनेको अन्य कम्पनी र सहयोगी देशलाई पनि यस्तो परिणाम भोग्नुपर्ने तर्साउनु रहेको छ । जसरी जर्मनीलाई ग¥यो । यस्ता गतिविधि गर्नुको पछाडि अमेरिकाले चीनलाई तर्साउन गरिरहेको देखिएको पर्यवेक्षकहरूको बुझाइ रहेको छ ।