यस कारण खोपिन्छन मन्दिरमा यौनक्रिडाका आसनहरु...

यस कारण खोपिन्छन मन्दिरमा यौनक्रिडाका आसनहरु...

हामी पूजा गर्नको लागि मन्दिर जाने गर्छौ । हिन्दू देवी देवताका पुराना मन्दिरतिर जाँदा तपाईले पक्कै माथितिर आँखा लगाउनु भएको होला । लगाउनुभएको छ भने नेपाली शैलीका मन्दिरमा छाना अड्याउन एक विशेष काठको प्रयोग गरिएको हामीले देख्ने गरेका छौं । त्यसलाई टुँडाल भनिन्छ ।

अनि तपाईले टुँडालमा केको चित्र खोपिएको हुन्छ याद गर्नु भएको छ ? टुँडालमा जे देख्नुहुन्छ त्यसले तपाईलाई पहिलो पटक आश्चर्य लाग्न सक्छ । प्यागोडा शैलीमा बनाइने मन्दिरका छानामा बढी माटाका टायलहरुको प्रयोग हुने हुँदा बर्खा याममा पानीले पर्खालहरु गल्ने र भत्किने डरले प्रयोग गरिने दरिला काठमा यौनका कलाकर्म देखाउने कसरी थालियो ? हिन्दू धर्ममा यसको आफ्नै पौराणिक महत्व छ ।

सुरुमा टुँडालमा शरीरका विभिन्न भागका मात्रै आर्कषक कलाहरु बनाइन्थ्यो । हिन्दु धर्ममा यसरी तलै तला भएका मन्दिरका टुँडालमा कला कुद्ने काम भने बौद्ध धर्मबाट आएको मानिन्छ । पहिले–पहिले वनदेवीले भिक्षुुहरुको रक्षा गरेको र पछि हिन्दु संस्कृतिमा पनि यसलाई कालाभाञ्जिकाको रुपमा मानिएको पौराणिक तथा ऐतिहासिक कथन छ । 

कालाभाञ्जिकाले आफ्ना मान्छेलाई रुखका हाँगामा बसेर सुरक्षा दिन्छिन् भन्ने विश्वास भएका कारण मन्दिरको माथिल्लो भागमा ४५ डिग्री बनाएर रुखकै हाँगामा झुण्डिए लजसरी मूर्ति कुँद्न थालियो । त्यतिबेलासम्म मन्दिरमा यसरी यौनक्रिडाका विभिन्न आसनहरु सहितका कला देख्न पाइदैनथ्यो । तर, १३ औं शताब्दीमा पनौतीमा निर्माण भएको इन्द्रेश्वर महादेव मन्दिरको टुँडालमा भने कामुक कलाको प्रयोग गरेको पाइन्छ ।

किन यौनक्रिडाका आसनहरु ?

१ मन्दिरमा यौनजन्य संकेत सहितका कला राख्दा चट्याङ पर्दैन भन्ने विश्वास छ ।

२ तात्कालिक बौद्ध र हिन्दु धर्म मान्नेहरुमा जीवनप्रति चरम वितृष्णा पैदा भएकाले उनीहरु सांसारिक जीवन त्यागेर भिक्षु र जोगी बन्न थालेपछि मानव विकास प्रक्रिया र सृष्टिको चक्र नै बिथोलिने भय बढेकाले त्यसपछि यस्ता चित्र देखाएर मानिसहरुलाई सन्तान उत्पादनका लागि प्रोत्साहन गर्न मन्दिरहरुमा यस्ता कला कुद्न थालिएको मान्यता छ ।

३ मन्दिरमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन टुँडालमा कामुक कला कुदिएका मानिन्छ ।

४ एक पल्ट पन्धाँै शताव्दीतिर मल्लकालीन एकजना राजा एकाएक दरबारबाट गायव भएछन् ।
उनको चारैतिर खोजी भयो । दरबारमा हाहाकार मच्चियो । तर, राजा भेष बदलेर देश भ्रमणमा निस्केका रहेछन् । जनताको दुःखसुखलाई बुझ्नका लागि उनी गुप्त यात्रामा रहेछन् ।
राजा लामो समयसम्म नै फर्केनन् । राजाको अनुपस्थितिमा दरबारभित्र अनेक प्रकारका विकृृतिहरु बढ्न थाले । भारदार, सेना, दासदासी र रानीहरुका बीचमा पनि अव्यवस्था देखिन थाल्यो । दरबारभित्रको कुरा बाहिर त्यति थाहा नहुने भए पनि अति भएपछि पोखिनु स्वाभाविक थियो । दरबारभित्रको चर्तिकला सबैतिर व्याप्त ‘दरबारभित्र दिनदिनै यौनमय वातावरण हुर्किदै गएछ । रानीहरु, दासीहरु, भारदार र सेनाहरुका बीच भाजभोलि गर्दागर्दै यौनसम्बन्ध व्यापक हुन थालेछ । दरबार दिउसै यौन भवन जस्तो बन्न थालेछ । सामान्य यौन सम्बन्धले नपुगेर अनेकौँ कामसूत्रीय आसनहरुको अभ्यास हुन थालेछ । दरबारभित्र सिकेका दासी र सेनाहरुले आफ्ना घरमा पतिपत्नीहरुका बीच पनि फैलाउँदै लगेछन् ।

दासीले आफ्नो पतिलाई र सेनाले आफ्ना पत्नीलाई सिकाए । भारदारहरुले पनि घर घरमा त्यसलाई फैलाउदै लगे । यस्ता नयाँ–नयाँ असनहरुका नयाँ नया अभ्यास र आविष्कार पनि हुन थालेछ । दरबारबाट शुरु भएको यो यौन अभ्यास देशैभरि व्याप्त भएछ । दिनदिनै नयाँ नयाँ पाराको यौन अभ्यासबाट सिक्ने सिकाउने क्रममाः साधारण सिपाही पनि रानीको ओछ्यानसम्म पुग्न थालेछ ।

यौनको यो स्वच्छन्दताले देशनै यौनकुञ्ज जस्तो बन्न पुगेपछि दरबारभित्रै समाजलाई यसबाट कसरी मुक्त गर्ने भन्ने छलफल शुरु भएछ ।

लामै छलफल र सोचपछि यसलाई लुकाएर र दबाएर समाधान हुँदैन । यसको सार्वजनिक प्रदर्शन र प्रचार गर्नुपर्छ, जसबाट मानिसमा मानसिक बितृष्णख उत्पन्न हुन्छ र यो आवश्यकीय र व्यवस्थित हुन्छ भन्ने निष्कर्ष निस्केछ ।

अनि काठमा, माटोमा, धातुमा जे–जेमा हुन्छ यौनबद्र्धक आकृतिहरु सार्वजनिक रुपमा प्रदर्शन गर्नु भन्ने आदेश भएछ । त्यसपछि कलाकारहरुले आ–आफ्ना कलालाई यौन सौन्दर्यतिर मोडेछन । त्यसैबेलादेखि सार्वजनिक स्थलहरुमा, मठमन्दिरहरुमा, जहाँ–जहाँ मानिसको विशेष उपस्थिति हुन्छ, त्यहाँ–त्यहाँ यस्ता यौन आकृति स्थापना गर्न थालिएको जनविश्वास छ ।

यस्तै राजागुणकामदेवका पालामा लडाईमा जानुअघि सेनाहरुले तोपलाई कन्या कुमारीको बली दिन थालेछन । एक अतयोनी कन्याको बली दिएर उक्त तोपबाट लडिएको लडाई जितिन्छ भन्ने एक तान्त्रिकको सल्लाहबाट शुरु भएको त्यो बलिप्रथाले कुमारी केटीहरुमा सारै ठुलो आतंक फैलिएछ ।

कुमारी रहनु अत्योनी हुनु भनेको ज्यान जानु सरह भएपछि बलीमा पर्ने डरले सानै उमेरमा बिहे गरिदिने तथा कुमारी केटीहरुलाई यौनकार्यमा संलग्न गराउन थालिएछ ।

अभिभावकहरुले नै छोरीको कुमारीत्व च्युत गराउने वातावरण बनाइदिन थालेपछि औपचारिक रुपमै भित्रभित्रै देशैभरि यौनप्रथा बाक्लिएर गएछ ।

कुमारीत्व च्युत गराउन छुट गरिएको यौनप्रथा बाक्लिएर गएछ । कुमारीत्व च्युत गराउन छुट गरिएको यौनप्रथा बिस्तारै अराजक हुँदै गएर विवाहित महिलाहरु समेत पुरुषसँग अनेकौं ‘यौनासनारुढ’ हुन थालेछन । समाजमा फैलिएको त्यो नाङगोपनलाई कलाकारहरुले चित्र र मूर्तीहरुमा कोप्न थालेछन र बिस्तारै त्यसलाई सार्वजनिक मन्दिर र टुँडालहरुमा सजाएछन् ।