विप्लव पार्टीको निशाना सुमार्गी पनि

 विप्लव पार्टीको निशाना सुमार्गी पनि

९ चैत्र, पोखरा । विवादास्पद व्यवसायी अजय सुमार्गीका विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी खनिएको छ । 

एनसेलमाथि देशव्यापी आक्रमण गरेको लगत्तै वैदेशिक रोजगार संगठन हुँदै उसले सुमार्गीलाई निशाना बनाएको पाइएको छ । सो पार्टीले अहिले प्रहरी र राज्यका संयन्त्रमा आक्रमण नगर्ने बताएके छ ।


सुमार्गीको स्वामित्वमा रहेको पोखराको २५ रोपनी जग्गालाई कब्जा गरेको जनाएको छ । 

 
पोखरा महानगरपालिका शिशुवामा सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा।लि। को किता नं।२९०६, ५७०३, २९१०, ५६९८, ५७००, ७६११, २१६५, २१६९, ५६०२, ५७१४, ५७१६, २१६७, २१७१, २१७५, २६३ ५, २८९६, २८९९ जग्गा कब्जा गरेको विज्ञप्ति जारी गर्दै भनेको छ । 
  
सो जग्गा पोखरा महानगरपालिका वडा नं। १२ निवासी बद्रीप्रसाद आचार्य सँगको मिलिमतोमा २०७१ असोज २६ मा सिग्देल परिवारलाई नै थाहा नदिई सुमार्गीले आफ्नो नाममा गरेको विप्लव नेतृत्वको पार्टीले जारी गरेको वक्तव्यमा जनाएको छ । 
 
सुमार्गीले परिवारको सम्पर्कमा नआई मुक्तिश्री प्रा।लि ले विनाखवर २०७५ को धानबालीमा डोजर चलाई तारवार लगाउदा जग्गा विवादित र पीडित परिवारले न्यायको लागि जनपरिषद् कास्कीमा गरेको निवेदन र आबश्यक छानविनका आधारमा पीडित पक्षलाई न्याय दिनका लागि नेकपा कास्कीले कब्जा गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘विवादित जग्गा किनबेच, भोगचलन तथा बैङ्किङ कारोवार नगर्न नगराउन तथा सबै प्रकारका दलालहरुबाट सचेत रहनका लागि साथै नापी, मालपोत जनसाधारण,ब्यवसायी,लेखापढी ब्यवसायी सबैलाई सो जग्गामा कुनैपनि प्रयोजनमा सहभागी नहु्न नेकपा कास्कीले आम जनसमुदायमा अनुरोध’ गरको विज्ञप्तिमा जनाइएको छ ।