चीनको बीआरआईमा इटली पक्का,अमेरिकालाई धक्का

चीनको बीआरआईमा इटली पक्का,अमेरिकालाई धक्का

व्यापार युद्धमा अमेरिकालाई चुनौती दिँदै आएको चीनले विश्वका आर्थिक रूपमा सर्वाधिक शक्तिशाली मानिएका देशहरूको समूह जी सेभेनको सदस्य इटलीको समर्थन लिएर आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभलाई (बीआरआई) पक्का गरेको छ ।

इटलीले बीआरआईको २९ बुँदे सम्झौतामा हस्ताक्षर गरेपछि अमेरिकालाई चीन एक्ल्याउने नीतिमा धक्का लागेको छ ।

अमेरिकासहितको जी ७ बाट पहिलो देश इटली बीआरआईको सदस्य हुन पुगेको छ ।

इटलीका अर्थमन्त्री लुइगि डी माइओले चीन र इटलीबीचको व्यापार असन्तुलन ठीक पार्न यो सम्झौता सहयोगी हुने विश्वास व्यक्त गरे ।
यो सम्झौता २.८ अर्ब अमेरिकी डलर देखि २२.६ अर्ब अमेरिकी डलर बराबर रहेको छ । 

इटलीको सहभागिताले चीनलाई पश्चिमी युरोपमा अमेरिकासँगको व्यापार युद्धमा बलियो सहयोग प्राप्त भएको देखिएको छ ।

युरोपियन युनियनका नेताहरूले बीआरआईलाई चीनको उपनिवेशवादी नीतिको रूपमा आलोचना गरिरहेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिन र इटलीका प्रधानमन्त्री गियुसेपे कोन्टे रोममा आयोजित बीआरआई सम्झौता हस्ताक्षर समारोहमा उपस्थित थिए ।  यो सम्झौताप्रति असहमति जनाउने इटलीमा नभएका होइनन् । 
उपप्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री माटेओ सालभिनी हस्ताक्षर समारोहमा अनुपस्थित रहेर असहमति जनाएका थिए ।

५ वर्षअघि चीनले अघि सारेको बीआरआईमा विश्वका १५० देशले सहमति जनाइसकेको छ । अमेरिका, जापान र भारतलगायतले यसको विरोध गरिरहेका छन् ।