बाबुराम र उपेन्द्र पार्टी एकता गर्दै 

बाबुराम र उपेन्द्र पार्टी एकता गर्दै 

संघीय समाजवादी फोरम र नयाँ शक्तिका बीचमा पार्टी एकता हुने भएको छ । राष्ट्रिय जनता पार्टीसँग फोरमको पार्टी एकता प्रक्रिया अगाडि बढेको वाहिर प्रचार भए पनि उपेन्द्र यादवको निहित उद्देश्य डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिसँग एकता गर्ने रहेको देखिन्छ । 

यसअघि राजपामा समाहित राजनीतिक दलसँग एकता वार्ताका लागि वार्ता कमिटीको प्रयास अन्तिम चरणमा पुगिरहेको बेलामा उपेन्द्रले अशोक राई नेतृत्वको संघीय समाजवादीसँग एकता गरी संघीय फोरम बनाएका थिए । 

उपेन्द्र यादवले पोखरामा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकीकरणबारे राजपासँग मात्र होइन नयाँ शक्ति पार्टीसँग पनि वार्ता प्रक्रिया जारी रहेको खुलासा गरेका थिए । 

उपेन्द्र यादव र बाबुराम भट्टराई दुवै पूर्व कम्युनिस्ट नेता भएकाले एकताका लागि सहज हुने देखिन्छ । 

स्थानीय निर्वाचनमा पनि उपेन्द्र र बाबुरामले नेतृत्व गरेको पार्टीबीचमा नै विभिन्न ठाउँमा तालमेल भएको थियो ।

केही वर्षअघि पार्टी एकता अन्तिम चरणमा पुगेपछि उपेन्द्रलाई कार्यकारी संयोजक बाबुरामले नदिएकाले पार्टी एकता तुहिएको थियो । निर्वाचनमा बाबुरामको पार्टीभन्दा उपेन्द्रको हैसियत धेरै ठूलो भएकाले बाबुरामले उपेन्द्रको शर्त मान्न सक्छन ।