चीन ः फ्रान्सलाई फकाउँदै

चीन ः फ्रान्सलाई फकाउँदै

चीनको महत्वाकांक्षी आर्थिक कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (वीआरआइ) मा नाटो सदस्य राष्ट्र इटलीले सहभागिता जनाउने वित्तिकै युरोपको राजनीतिक समिकरणमा फेरबदल आउने देखिएको छ । राष्ट्रपति सी जिन पिङ इटलीपछि आइतबार फ्रान्स पुगेर ‘चीन र फ्रान्स विशेष मित्र’ भएको जानकारी दिँदै विआरआइमा फ्रान्सले पनि अनुमोदन गर्ने संकेत गरेका छन् । जनवादी चीनसँग पहिलो राजदुत स्तरीय कुतनीतिक सम्बन्ध स्थापित गर्ने पश्चिमा मुलुक भएकोले पनि चीनले फ्रान्सको अनुमोदन पाउने सम्भावना बढेर गएको छ । 

चीन र फ्रान्स ठूलो आर्थिक तथा व्यापारिक साझेदार भएका मुलुक पनि हुन । चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, चालू वर्षका अघिल्ला दुई महिनामा चीनले फ्रान्सबाट आयात गरेको बस्तुको मात्रा ४२.२ प्रतिशतले बृद्धि भएको छ । चीनको बजारले चीनका व्यापारिक साझेदारी खासगरी फ्रान्सका लागि ठूलो अवसर उपलब्ध गराएको छ ।

यतिबेला विश्वको विभिन्न मुलुकको सामु अभूतपूर्व परिवर्तन देखापरेको छ । यस्तो पृष्ठभूमिमा फ्रान्स र यूरोपेली संघले बाह्य सम्बन्धमा सामन्जस्यता कायम गर्न अन्वेषण गरेका छन् । चीन र यूरोपेली संघले निरन्तर अगाडि बढाइरहेको अन्तरक्रियाका क्रममा फ्रान्सका विद्वानले ‘बीआरआई’ माथि ध्यान दिएका छन् । 

करीब चालीस हजार चिनियाँ विद्याथी फ्रान्समा अध्ययनरत छन् । एक लाखभन्दा बढी फ्रान्सेली विद्यार्थीले चिनियाँ भाषा सिकिरहेका छन् । 

यो पनि पढ्नुहोस :  अमेरिकालाई चिनियाँ काउन्टर, एयरबसका ३०० वटा जेट विमान खरिद गर्ने 

चीनको बीआरआईमा इटली पक्का,अमेरिकालाई धक्का