सबैभन्दा पुरानो रक्सी भट्टी थाहा हुने को होला,पियक्कड कि प्रहरी  ? 

सबैभन्दा पुरानो रक्सी भट्टी थाहा हुने को होला,पियक्कड कि प्रहरी  ? 

‘सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम ।’

हरिभक्त कटुवाल मात्रै होइन दुनियाँका विभिन्न भाषाका कविहरूले कुनै न कुनै रूपमा रक्सीको उपमा दिएकै पाइन्छ । सिकारू पियक्कडदेखि बेकारू पियक्कडहरूबीच यस्ता बोली बचन सुन्न सहजै पाइन्छन्  /

‘कोही खुलेर पिउँछन्, कोही लुकेर पिउँछन् 
कहिले खुशी हुँदा पिइन्छ ,कहिले दुखी हुँदा पिइन्छ
पियक्कडहरू जतिखेर पिउँछन्’  अथवा पिउनलाई बहाना चाहिन्छ । अनि बहाना भएर पनि हुँदो रहनेछ ठाउँ पनि चाहिन्छ ।

रक्सी पिउने र खुवाउने ठाउँलाई सामान्यरूपमा भट्टी भन्ने गरिन्छ । स्वर्गमा सोम भनेर पिइने पदार्थलाई रक्सी भनेर बुझिन्छ । रक्सी पिउने ठाउँलाई विभिन्न नाम दिइएको छ अहिले रेस्टरन्ट, पब र बार विशेषरूपले पिउने ठाउँको रूपमा चर्चामा रहने गरेको छ ।भट्ठी तर गाउँले नाम हुन पुगेको छ । जे भए पनि अहिलेसम्मको विश्वको पुरानो भट्टी कुन हो वा मदिरालय कुन हो भनी सोध्दा झट् पियक्कडहरूले पनि दिन सक्दैनन् । यसको ठेगान लगाउन काम भइरहेको भए पनि  अहिलेसम्मको सबैभन्दा पुरानो भट्टी आयरल्यान्डको शान्स बार हुन सक्ने बुझिएको छ । यो युरोपको सबैभन्दा पुरानो भट्टी मानिएको छ । २००४ मा यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण प्राप्त भयो । यो आयरल्यान्डको राजधानी डब्लिनमा छ । तर यसलाई विश्वको सबैभन्दा पुरानो भट्टीको मान्यता भने प्राप्त हुन बाँकी छ । ११ सय वर्ष पहिले यसको निर्माण भएको थियो । यसको छाना बेंतबाट बनेको छ । 

यसको सजावट घोडाको कपालबाट गरिएको छ । एक टोली यसबारे अनुसन्धान गरिरहेको छ । उनीहरूका अनुसार अहिलेसम्म यो शान्स भन्दा पुरानो बार फेला परेको छैन् ।

युरोपका ऐतिहासिक भट्टीहरूमा बेलायतको द बिंगले आम्र्स सन् ९५३, द स्किरिड माउन्टेन इन सन् १११०, ए ओल्ड ट्रिप टू येरूसलम सन् ११८९ र डब्लिनकै ब्रैजेन हेड सन् ११९८ मा बनेका सबैभन्दा पुराना रहेको मानिन्छ ।

तर शान्स बार सन् ९०० मा स्थापना भएको थियो । एमराल्ड टापुलाई पियक्कडहरूका कारण प्रसिद्ध प्राप्त भएको थियो । जतिखेर युरोप ह्विस्की र ब्ल्याक बियर पिउन सिकेको इतिहासकारहरूको बुझाइ छ ।