सप्तरीमा परिक्षा अगावै एसईईको प्रश्नपत्र बाहिरियो
राजविराज, १४ चैत्र । माध्यमिक शिक्षा परीक्षा ९एसईई० अन्तर्गत बिहीबार भएको विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुपूर्व नै बाहिरिएको छ । परीक्षा सुरु हुने समय बिहान ८ बजेका लागि निर्धारण गरिए पनि ७ ः ४५ मिनेटमै प्रश्नपत्र बाहिरिएको छ ।
प्रश्नपत्र समाजिक सञ्जाल ‘फेसबुक’मा समेत पोष्ट भएका छन् । परीक्षा सुरु हुनुपूर्व नै प्रश्न पत्र बाहिरिएको विषयमा अनुसन्धान भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए । यसअघि बुधबार साँझ पनि विज्ञान विषयको प्रश्न पत्र आउट भएको हल्ला चलेको थियो । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्चालनमा प्रश्नपत्र पोष्ट भएका थिए । तर, साँझ आउट भएको भनिएको प्रश्न पत्र नक्कली भएको प्रजिअ पौडेलले बताउनुभयो ।
विज्ञान विषयको परीक्षामा मोबाइल मार्फत चिट चोर्दै गरेका दुई जना परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न परीक्षाकेन्द्र मार्फत १० थान मोबाइल समेत नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बताए ।
यस्तै बुधबार मात्रै मावि बनरझुल्लाका केन्द्राध्यक्ष रामअवतार गुप्ता, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । चिट चोर्न सहयोग गरिरहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बताए । परीक्षा केन्द्रबाट ८ जना परीक्षार्थी र १ दर्जन बढी मोबाइलसमेत नियन्त्रण गरिएको थियो ।
सप्तरीमा यस वर्ष ८ हजार ६ सय १८ जना विद्यार्थी एसइईमा सहभागी छन् ।
प्रतिक्रिया