सात दिनभित्रै विदेशी लगानीको काम पूरा गर्ने ऐन आउँदै
आएदेखि ओरालो लागेको शेयर बजारलाई उसको लयमा फर्काउन नसकेको प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विदेशी लगानी ल्याउन लगानी सम्मेलन गरिरहेको छ । विदेशी लगानीको सबै काम सात दिनभित्रै पूरा भइसक्ने गरी ऐनको व्यवस्था सरकारले गर्न लागेको हो ।
लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् ।
स्वदेशी तथा विदेशी लगानीकर्तालाई पनि ऋण दिने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसमेतको सहभागितामा यो लगानी सम्मेलन हुन लागेको हो ।
ऐन र नियमावलीहरू बनाउने आवश्यकतालाई ध्यान दिएर सरकारले लगानी सम्मेलनलाई थप प्रभावकारी बनाउन खोजेको हो । मन्त्री खतिवडाले यो कार्य पूरा हुने बताउँदै ऐन मात्रै ल्याएर हुँदैन यसलाई द्रुतगतिमा कार्यान्वयन गर्न नियमावली समेत ल्याउनुपर्ने आवश्यकता रहेको जनाए ।
सरकारी कार्यालयको कार्यशैली, वातावरण, व्यवहार, संरचना र कार्यविधि प्रभावकारी बनाउने लगानीकर्तालाई एकद्वार सेवा दिइने उनले जनाए ।
विदेशी लगानीसम्बन्धी निर्णयका सबै प्रक्रिया सात दिन भित्र पूरा गरिसक्नुपर्ने गरी ऐनमा व्यवस्था लागिएको जानकारी दिँदै अर्थमन्त्री खतिवडाले बताएका हुन ।
प्रतिक्रिया